कहिले आउला ? कोटबाडामा चिल्गाडी

कालीकोट– निर्माण सुरु भएको ३७ वर्षपछि बहुचर्चित कोटवाडा विमानस्थलमा कालोपत्रे भएको छ । तर ७ वर्षअघि परीक्षण उडान भएको उक्त विमानस्थलमा अहिलेसम्म उडान भएको छैन । कोटवाडा विमानस्थल परीक्षण उडानमै सीमित भएको छ । विमानस्थल कालोपत्र भएपछि स्थानीय जहाज आउने आशामा छन् ।
स्थानीय ७५ वर्षीय नरवहादुर विष्ट ३८ वर्षको हुँदा कोटवाडाको पाखो खनेर विमानस्थल निर्माणमा संलग्न भएका थिए । ०४२ सालमा निर्माण सुरु भएको विमानस्थलमा बिष्ट धेरै बर्ष काम गरे । एक महिनाको श्रमदान पनि गरे । जुँगाको रेखी बसेदेखि कोटवाडाको पाखो खन्न थालेका स्थानीय जनक विष्ट विमानस्थल कालोपत्र भएपछि खुसी देखिएका छन् । विमानस्थल कालोपत्र भएसँगै जहाज आउने आशाले बिष्ट खुशी भएका हुन् । कोटवाडा विमानस्थल कालीकोटवासीको सडकभन्दा पनि पुरानो सपना भएको उनको भनाइ बिष्टको छ ।
निर्माण सुरु भएको ३ दशकपछि ०७३ माघमा कोटवाडा विमानस्थलमा तारा एयरले परीक्षण उडान गरेको थियो । तर उडान नियमित भने भएको छैन । विमानस्थलको कालोपत्र गर्ने काम सकिपछि हवाई प्राधिकरणलाई हस्तान्तरण गर्ने निर्माण कम्पनीको योजना छ । विमानस्थलको टर्मिनल टावर, सुरक्षा भवन, शौचालय, पार्किङलगायतका संरचना निर्माण भइसकेका छन् ।
खानेपानी, बिजुली, धावनमार्गको सुधार लगायतका काम पनि सम्पन भइरहेको विमानस्थल निर्माणमा संलग्न प्राविधिक केदार केसीले बताए । विमानस्थल कालोपत्रको ठेक्का पाएको गौरीरपार्वती श्याम एन्ड शंकर जेभीले सम्झौताअनुसारको काम सकेर हस्तान्तरणको तयारी गरेको छ । कम्पनीले विमानस्थल कालोपत्रका लागि १३ करोड ८६ लाख रुपैयाँमा सम्झौता गरेको थियो ।
विमानस्थल सुधारमा १५ करोड १४ लाख रकम लागेको विमानस्थल कार्यालयले जनाएको छ । ६ सय ४० मिटर लम्बाइ रहेको विमानस्थल मोडिने ठाउँमा ३० मिटर र अन्यत्र २० मिटर कालोपत्र भएको छ । कोटबाडा विमानस्थल कर्णालीका मुगु, डोल्पा र हुम्लाको भन्दा लामो र फराकिलो रहेको हवाई प्राधिकरणको दाबी छ ।
विमानस्थलको लम्बाइ ६ सय ९० मिटर र चौडाइ ४० देखि ६० मिटर छ । दुवैतिरबाट विमान अवतरण र उडान गर्न सकिने कोटवाडा विमानस्थल नरहरिनाथ, रास्कोट, सान्नीत्रिवेणी, पचालझरना, पलाता, खाडाचक्रसहितका स्थानीय तह र अछामको रामारोसनका समेत बासिन्दाका लागि आवतजावतमा सहज हुने पत्रकार तुलाराम पाण्डे बताए ।
नन्दादेवी मावि कोटवाडाका प्रधानाध्यापक रत्नसिंह साउदले बताए । ‘चिलगाडी’ चढेर जाने नरहरिनाथका बासिन्दाको वर्षौ पुरानो सपना भएको गाउँपालिका अध्यक्ष नगेन्द्रबहादुर विष्टको भनाइ छ । ‘विमानस्थल निर्माण सकियो, अब नियमित उडान कहिले होला भन्दै स्थानीयले प्रश्न गर्ने गरेको गाउँपालिका अध्यक्ष बिष्टको भनाइए छ ।
०४२ सालमा तत्कालीन जिल्ला पञ्चायत सभापति दीपबहादुर शाहीको पालामा विमानस्थल खन्न ७५ हजार रुपैयाँ बजेट बाट काम सुरु गरिएको थियो । विमानस्थलको काम सुरु हुँदा प्रतिदिन ५ रुपैयाँ ज्यालामा काम सुरु गरिएको शाहीले बताए । अहिले मजदुरले दैनिक ८ सय रुपैयाँ ज्याला बुझिरहेका छन् । सशस्त्र द्वन्द्वका बेला ०५८ फागुनमा अछाम मंगलसेन आक्रमणका दोषी खोज्दै आएको सेनाले धादिङ जोगिमारा, काभ्रे, सिन्धुली र रामेछापका २८ र ७ स्थानीय गरी ३५ जनाको हत्या गरेपछि अवरुद्ध विमानस्थल निर्माणको काम शान्ति स्थापनापछि पुनः सुरु भएको थियो । कर्णाली राजमार्ग निर्माणसँगै सदरमुकाम मान्मबाट कोटवाडा जान अहिले गाडीमा ३ घण्टा लाग्छ ।
Explore the ranked best online casinos of 2025. Compare bonuses, game selections, and trustworthiness of top platforms for secure and rewarding gameplaycasino activities.
Explore the ranked best online casinos of 2025. Compare bonuses, game selections, and trustworthiness of top platforms for secure and rewarding gameplayBonus offer.