मिति:- ११ श्रावण २०८१, शुक्रबार | समय:-
कर्णाली प्रदेशताजाखबरमुख्य खबरसमाचार

कर्णाली प्रदेशको मुख्यमन्त्रीमा माओवादीका शर्मा नियुक्त

सुर्खेत– कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्र संसदीय दलका नेता राजकुमार शर्माले नियुक्त हुनुभएको छ । माओवादी केन्द्रका १३, नेकपा एमालेका १०, राप्रपाका एक र नेकपा एकीकृत समाजवादीका एक जना गरी २५ जना सांसदको समर्थनमा शर्मा मुख्यमन्त्रीमा नियुक्त हुनुभएको हो । उहाँलाई बुधवार प्रदेश प्रमुख तिलक परियारले मुख्यमन्त्री नियुक्त गर्नुभएको छ । कर्णाली प्रदेशमा ४० जना सांसद छन् । कर्णालीमा माओवादी केन्द्र र एमालेबीच आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भएको छ । माओवादी पोलिटब्युरो सदस्य शर्मा गएको मङ्सिर ४ गते भएको चुनावमा रुकुम पश्चिम प्रदेश सभा ख बाट निर्वाचित हुनुभएको थियो ।

मनिराज पाण्डे

पत्रकार मनिराज पाण्डे कालीकोटमा बसेर लामो समय देखि सूचना, संचार, प्रविधि र विकासका बिषयमा समाचार लेख्नु हुन्छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button