मिति:- १२ श्रावण २०८१, शनिबार | समय:-
ताजाखबरमुख्य खबरसमाचार

माउन्टेन पार्टनशिपको उपाध्यक्षमा शाही पुनः विजयी

कालीकोटः माउन्टेन पार्टनशिप विश्व सञ्जालको उपाध्यक्षमा किर्डाक नेपालका कार्यकारी निर्देशक गोबिन्द्र बहादुर शाही पुनः बिजयी भएका छन् । पार्टनरशिपको सचिवालयमा नेपालका तर्फबाट दुई संस्थाले नेतृत्व लिएका हुन् । सञ्जालको एशीय प्रशान्त क्षेत्रीय समूहको नेतृत्व सरकारी समूहबाट नेपाल सरकार वन तथा वातावरण मन्त्रालय र सामाजिक क्षेत्र (मेजर गुरुप) का तर्फबाट कर्णाली एकीकृत ग्रामिण विकास तथा अनुन्धान केन्द्र (किडार्क नेपाल) चुनिएका हुन् ।

सरकारका तर्फबाट सहसचिव डा. सिन्धु ढुंगाना र किडार्क नेपालका तर्फबाट निर्देशक शाही निर्वाचित भएका छन् । तीनदिन देखि अमेरिकाको कलोराडोमा भइरहको विश्व सम्मेलनमा सदस्य संस्थाहरुले अनलाइन र भौतिक उपस्थती दुबै प्रकृयाबाट मत दिएका थिए । शाही यस अघि पनि सञ्चालको उपाध्यक्ष थिए । माउन्टेन माउन्टेन पार्टनरशिप संसारभरी हिमालसम्बन्धी काम गर्ने सरकारी, गैरसरकारी, अन्तरसरकारी तथा अन्य संस्थाहरुको सञ्जाल हो । यसले विश्वभरी हिमाल बचाउ सम्बन्धी अभियान सञ्चालन गर्ने गर्द छ ।

 

मनिराज पाण्डे

पत्रकार मनिराज पाण्डे कालीकोटमा बसेर लामो समय देखि सूचना, संचार, प्रविधि र विकासका बिषयमा समाचार लेख्नु हुन्छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button