मिति:- ६ असार २०८२, शुक्रबार | समय:-
कर्णाली प्रदेशताजाखबरमुख्य खबरसमाजस्थानीयस्वास्थ्य खबर

पचालझरना पूर्ण खोप सुनिश्चितता पालिका घोषणा

कालीकाेट- यहाँकाे पचालझरना गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको छ । ‘स्थानीयकाे दायित्व र सहभागितामा, पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता’ भन्ने नाराका साथ बिहिबार पचालझरना गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको  हाे । जिल्ला समन्वय समिति प्रमुख तथा खोप समन्वय समितिका संयोजक धनजित बहादुर शाहीले पूर्ण खोप सुनिश्चितता भएकाे पालिकाे घोषणा गर्नु भयाे।

पचालझरनाका स्थानीय नागरिक र सम्पुर्ण कर्मचारीकाे सहयाेगले पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गर्न सफलता मिलेकाे स्वास्थ्य शाखा प्रमुख  बिरेन्द्र संज्यालले बताउनु भयाे ।  अभियानले  निरन्तरता पाउनु ठुलो विषय भएकोले आगामी दिनमा पनि अभियानकै रूपमा सञ्चालन गर्न आवश्यक रहेको बताउनु भयो ।

समन्वय प्रमुख शाहीले पूर्ण खोप सुनिश्चितता पालिका घाेषणा गर्न सफल भएकाेमा स्थानीय तहका कर्मचारी जनप्रतिनिधि र स्थानीय बासिन्दालाई धन्यबाद ज्ञापन गर्दै गाउपालिका  प्रमुख देबराज शाही  र उपाध्यक्ष अल्किना बम लाई पूर्ण खोप सुनिश्चितता पालिका घाेषणा प्रमाणपत्र  हस्तान्तरण गर्नु भयाे ।

खोप लगाउने उमेर समूहका सबै बालबालिकाले खोप लगाएको सुनिश्चित भएपछि पालिकालाई पूर्ण खोपयुक्त पालिका सुनिश्चितता घोषणा गरिएको स्वास्थ्य सेवा कार्यालय कालीकोटका सूचना अधिकारी कटक महतले  बताउनु भयाे ।

कार्यक्रममा जिल्ला समन्वय समिति उपप्रमुख  मिना रावत बिक, स्थानीय बासिन्दा, जनप्रतिनिधि, कर्मचारी लगायतका सराेकारवालाकाे सहभागीता रहेकाे थियाे ।

न्युज रेडपाण्डा

सूचना संचार र प्रविधिका क्षेत्रमा आमनागरिकको पहुँच अभिबृद्धी गर्ने उदेश्यले कर्णाली हिमाल खबर प्रा.लि. द्धारा संचालनमा ल्याइएको न्युज रेडपाण्डा एक अनलाइन समाचार पोटल हो ।

Related Articles

Back to top button
error: Content is protected !!

Adblock Detected

Please, off your Ad Blocker