मिति:- १ कार्तिक २०८१, बिहीबार | समय:-
कर्णाली प्रदेशताजाखबरमुख्य खबरसमाचारस्थानीय

कालीकोटको महाबै गाउँपालिकाले बिदुर भत्ता दिने

कालीकोट– यहाँको महाबै गाउँपालिकाले बिदुर भत्ता दिने भएको छ । आ.व २०८१/०८२ को बार्षिक कार्यक्रम अनुसार पालिकाले बिदुर भत्ता दिन लागेको महाबै गाउँपालिकाका अध्यक्ष खेम बहादुर सिंहले बताउनु भयो । गाउँपालिकाले सबै वडा कार्यालयहरुलाई ४९ बर्ष देखि ५९ बर्ष सम्मका बिदुरहरुको तथ्याङ्क संकलन गरी पठाउन पत्रचार गरेको छ । 

प्रथम चौमासिक भत्ता वितरण गर्न महाबैका ७ वटै वडाले तथ्याङ्क संकलन गरी ५ दिन भित्र पेश गर्न प्रमुख प्रशासकीय अधिकृत प्रकाश बहादुर शाहीले बुधबार पत्रचार गर्नु भएको हो । बिदुर भत्ता दिनेमा महाबै गाउँपालिका कर्णाली प्रदेशको पहिलो पालिका बनेको छ ।

 

न्युज रेडपाण्डा

सूचना संचार र प्रविधिका क्षेत्रमा आमनागरिकको पहुँच अभिबृद्धी गर्ने उदेश्यले कर्णाली हिमाल खबर प्रा.लि. द्धारा संचालनमा ल्याइएको न्युज रेडपाण्डा एक अनलाइन समाचार पोटल हो ।

Related Articles

Back to top button

Adblock Detected

Please, off your Ad Blocker