मिति:- ३ आश्विन २०८१, बिहीबार | समय:-
कर्णाली प्रदेशताजाखबरमुख्य खबरसमाचारसमाजस्थानीय

आज बिश्वकर्मा पुजा, को हुन् विश्वकर्मा ?

कालीकाेट- विश्वलाई कर्म गर्न सिकाउने आदि पुरूष नै विश्वकर्मा हुन् । वास्तुकला, शिल्पकलाका प्रणेता हुन् विश्वकर्मा । शास्त्रमा सृष्टिकर्ता ब्रह्माजीका सुपुत्रका रूपमा व्याख्या गरिएको छ विश्वकर्माजीलाई । जब ब्रह्माजीले संसारको रचना गर्नुभयो, संसार त बन्यो प्राणी पनि भए , मान्छे पनि भए । अब समस्या कहाँनेर भयो भने मानिसले कर्म त गर्नुपर्याे ।
खान र लाउन गर्नुपर्ने संघर्षका लागि ब्रह्माजीले छोरालाई जिम्मा दिनु भो र विश्वकर्माजीले विभिन्न औजार ,साधन हातहतियार निर्माण गर्नुभो र मानिसलाई जीवनयापनका लागि बाटो देखाउनु भो । यसरी विश्वभरका मानिसलाई कर्मशील गराउनु भएको हुँदा उहाँको नाम विश्वकर्मा रहन गएको हो भन्ने शास्त्रीय मान्यता छ ।
अर्को एउटा प्रसङ्ग पनि छ । कुनै समयमा धर्मको यति धेरै प्रचार भयो कि सबै मानिसहरू भगवानप्रति लीन भए । सबै भगवानको पाठपूजा , भजन कीर्तन तर्फ लागे । भगवानको पूजा अर्चना गर्ने, उपासना गर्ने, वनजंगलमा गइ फलफूल कन्दमुल खाने गर्न थाले । जताततै शास्त्रार्थका मात्र कुरा हुन थाले । यसो हुँदा एकातिर स्वर्गको इन्द्रासन डगमगाउन थाल्ने भयो भने अर्कोतिर जताततै खाने कुराको हाहाकार हुन थाल्ने भयो । यो विपत्ति आउने देखेर भगवान श्रीविष्णु विश्वकर्मा अवतार धारण गरि विभिन्न साधन तथा औजार, कलकारखाना खोली मानिसलाई कर्मशील बनाउनु भएको र त्यस दिनदेखि भगवान श्रीविष्णुले जसले वास्तुकला तथा शिल्पकलाको काम गर्दछ म तिनीहरूकै साधनमा अवतरित हुनेछु भन्नुभएको हुँदा आज विभिन्न साधनहरूलाई भगवान विष्णुको साक्षात् रूप ठानी पूजा गर्ने परम्पराको विकास भएको मानिन्छ ।
https://www.adbl.gov.np/

न्युज रेडपाण्डा

सूचना संचार र प्रविधिका क्षेत्रमा आमनागरिकको पहुँच अभिबृद्धी गर्ने उदेश्यले कर्णाली हिमाल खबर प्रा.लि. द्धारा संचालनमा ल्याइएको न्युज रेडपाण्डा एक अनलाइन समाचार पोटल हो ।

Related Articles

Check Also
Close
Back to top button