मिति:- ३ आश्विन २०८१, बिहीबार | समय:-
कर्णाली प्रदेशताजाखबरमुख्य खबरस्वास्थ्य खबर

कालीकोटको नरहरिनाथमा डेंगु र स्क्रब भेटीयो, २१ जना संक्रमित

कालीकोट– नरहरिनाथ गाउँपालिकामा लामखुट्टेको टोकाइबाट सर्ने डेंगु र किर्नाको टोकाइले सर्ने स्क्रब टाइफसबाट २१ जना संक्रमित भएका छन् । गाउँपालिकामा ज्वरोका बिरामी बढेपछि रगत संकलन गरेर प्रदेश जनस्वास्थ्य प्रयोगशाला सुर्खेत पठाइएको थियो । प्रदेश जनस्वास्थ्य प्रयोगशालाको रिपोट अनुसार उनीहरूमा संक्रमण भएको पुष्टि भएको हो ।
संक्रमितको योगी नरहरिनाथ आधारभूत अस्पताल कुमालगाउँमा उपचार भइरहेको छ । अस्पतालमा आएका बिरामीमध्ये केहीको रगत जिल्ला अस्पताल मान्म मार्फत प्रदेश प्रयोगशाला सुर्खेत पठाइएकोमा ५ जनामा डेंगु र १६ जनामा स्क्रब टाइफस भेटिएको डा. शिवनाथ यादवले बताउनु भयो ।
डेंगुबाट नरहरिनाथ–१ र २ का ५ जना संक्रमित छन् । संक्रमित सबै १५ बर्ष माथि उमेर समूहका रहेका हुन् । पशुवस्तु र मुसामा पाइने परजीवी किर्नाको टोकाइबाट हुने स्क्रब टाइफसबाट नरहरिनाथ–१ मा ७ जना, वडा नं. २ मा २ जना, वडा नं. ३ मा १जना, वडा नं. ५ मा १जना, वडा नं. ६ र ७ माल्कोटमा ५ जना बिरामी रहेको जिल्ला स्वास्थ्य सेवा कार्यालय कालीकोटका जनस्वास्थ्य अधिकृत कटकबहादुर महतले बताउनु भयो ।

 

https://www.adbl.gov.np/

न्युज रेडपाण्डा

सूचना संचार र प्रविधिका क्षेत्रमा आमनागरिकको पहुँच अभिबृद्धी गर्ने उदेश्यले कर्णाली हिमाल खबर प्रा.लि. द्धारा संचालनमा ल्याइएको न्युज रेडपाण्डा एक अनलाइन समाचार पोटल हो ।

Related Articles

Check Also
Close
Back to top button