मिति:- ३ आश्विन २०८१, बिहीबार | समय:-
ताजाखबरमुख्य खबरसमाचारस्वास्थ्य खबर

आत्महत्या के हो ? कसरी रोकथाम गर्ने ?

कालीकोट– आज देशभर “आत्महत्या रोकथाम बारे संवाद सुरु गरौ; दृष्टिकोण बदलौ” भन्ने मुल नाराका साथ विश्व आत्महत्या रोकथाम दिवस, २०२४ मनाइएको छ । १० सेप्टेम्बर २०२४ का दिन यो दिवस मनाउने गरिन्छ ।

कालीकोटमा पनी यस बर्ष सिएमसि नेपालको संगको समन्वयमा जिल्ला प्रहरी कार्यालय, खाँडाचक्र नगरपालिका र स्वास्थ्य सेवा कार्यालयको आयोजनामा प्रभातफेरी सहित अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

आत्महत्या भनेको के हो ?

आत्महत्या आत्म + हत्या मिलेर बनेको शब्द हो,आत्मकोअर्थ स्वम ,अथार्तआफै र हत्या अर्थ खतम ,समाप्त हो ,यसरी आफै समाप्त हुनुलाई नै आत्महत्या भनिन्छ्र यसमा व्यति स्वयं समाप्त हुन्छ । यसका विविन्न कारणहरु हुन्सक्छ्र शारीरिक,मानसिक,व्यबहारिकका साथै सामाजिकका परिवेस यी विविन्न कारणहरु हुनसक्छ ।

मान्छेले कुन अवस्थामा पुगेपछि आत्महत्या गर्छ ?

यसो विचार गर्दा जीवन के रहेछ र ? ब्यर्थै रहेछ । मर्न पाए पनि हुन्थ्यो भनेर कहिलेकाहीँ मनमा आउनु त्यति अस्वाभाविक भने होइन । तर यही सोच बारम्बार लामो समयसम्म आइरह्यो भनेचाहिँ समस्या बनिदिन्छ । रोग बनिदिन्छ । त्यसैले छोटो समयका लागि यो दिक्दारी आइरहेको छ कि लामो समयसम्म बारबार यो सोच आइरहेको छ, यो बुझ्न अत्यन्तै जरुरी छ ।

आत्महत्या गर्ने जोखिम भएकाहरूमा के–कस्ता लक्षणहरू देखिन्छन् ?

विशेषगरी आत्महत्या गर्ने मानिसहरूमा दिक्दारीको लक्षण नै बढी देखिन्छ । दिक्क मान्नु, दैनिक गरिरहेको काममा रुचि नहुनु, आफ्नो सरसफाइ, खानपिनमा ध्यान नपुग्नु, लथालिङ्ग हुनु, झर्को लाग्नु, रिस उठ्नु, निद्रामा गडबडी हुनुलगायतका लक्षण देखिन्छन्। यी लक्षणहरूचाहिँ जुनसुकै उमेर समूहमा पनि देखिन्छ । चाहे त्यो बालबालिकामा नै किन नहोस् ! युवायुवती होस् या ज्येष्ठ नागरिक किन नहोऊन् । त्यसकारण आत्महत्या गर्नेहरूमा जति पनि लक्षण देखिन्छन्, कुनै पनि उमेर समूह, समय र आर्थिक स्थिति कमजोर भएको व्यक्तिमा देख्न सकिन्छ ।
आत्महत्या गर्ने जोखिम समूह कुन उमेर समूह, लिङ्ग वा परिस्थति हो ?

यही उमेर समूहमा भन्ने नै हुँदैन । सबैमा जोखिम देखिन्छ । बालबालिकामा पनि देखिन्छ ।

आफ्नो मान्छे, घरपरिवार र साथीभाइ कोही आत्महत्या गर्ने जोखिममा छ छैन कसरी थाहा पाउने ?

सर्वप्रथम त गर्दै आएको दैनिक क्रियाकलापमा रुचि ह्वात्तै घटेको देखिन्छ । कहिलेकाहीँ कार्यक्षमतामा कमी आएको हुनसक्छ । अथवा उसको उपलब्धि नभएको हुनसक्छ । खानपिन, निद्रामा गडबडी अवश्य पनि आएको हुन्छ । दिक्क मानेर बस्ने र रमाइलो गर्न मन नलागेको जस्तो गरी बस्ने परेको हुनसक्छ ।

आत्महत्या रोकथाम गर्न सकिन्छ ?

आत्महत्या मानसिक विचलन र मनोसामाजिक असन्तुलनका कारण सिर्जना हुने दुर्घटना हो । यस्तो हुनुभन्दा अगाडि व्यक्तिले आफू नजिकका मानिसलाई कुनै न कुनै किसिमले आफ्नो मृत्युका बारेमा संकेत गरेको हुन्छ । आफन्तसँग भेटघाट गरी बिदाइ हुन खोज्नु, छोराछोरी र परिवारका सदस्यको भविष्यको बारेमा चिन्ता र चासो व्यक्त गर्नु यसका संकेत हुनसक्छन् । इन्टरनेट तथा सामाजिक सञ्जालमा आत्महत्यासम्बन्धी सामग्री र मृत्युपछि के हुन्छ भन्ने विषयमा खोजी गर्नु, आफूलाई अत्यन्त मनपर्ने किसिमका सामग्री र उपहार आदि अरू व्यक्तिलाई बाँड्दै हिँड्नु पनि यसका कारण हुन् । आफू जिउनुको कुनै अर्थ नभएको भनी निराशावादी कुराकानी गर्नुलाई पनि आत्महत्याको संकेतका रूपमा लिइन्छ । व्यक्तिका यस्ता प्रतीकात्मक प्रतिक्रियालाई समयमै गम्भीर रूपमा लिई आवश्यक उपचारको प्रबन्ध गर्न सके आत्महत्याबाट जोगाउन सकिन्छ । आत्महत्यामा प्रयोग हुन सक्ने साधनहरू उपलब्ध हुन नसक्ने वातावरण सिर्जना गरेर पनि आत्महत्यामा कमी ल्याउन सकिन्छ।

आत्महत्यासम्बन्धी चिन्तन जोकोहीमा जतिखेर पनि आउन सक्ने भएकाले आत्महत्या रोकथामसम्बन्धी परामर्शमा सबैको पहुँच पुर्याउनुपर्छ । यसो भए व्यक्तिले अप्ठ्यारो महसुस गर्नासाथ सम्बन्धित ठाउँमा फोन वा अन्य माध्यमबाट सम्पर्क गर्न सक्छ । नकारात्मक विचारको आँधीबेहरीले अकस्मात व्यक्तिलाई छोपेको अवस्थामा उसले सबैतिर अन्धकार देख्छ । तत्काल आत्महत्याको प्रयास गरेको हुन्छ । त्यस समयमा समेत उसलाई जीवनप्रतिको झिनो आशा भने रहन्छ । यसैले आत्महत्या गर्नुभन्दा अगाडि व्यक्तिले प्रत्यक्ष वा अप्रत्यक्षरूपमा जीवनरक्षाका लागि याचना गरेको हुन्छ । उसको सांकेतिक याचना बुझेर तुरुन्तै सहयोग गर्न सक्ने हो भने व्यक्तिलाई मृत्युको मुखबाट जोगाउन सकिन्छ ।

 

https://www.adbl.gov.np/

न्युज रेडपाण्डा

सूचना संचार र प्रविधिका क्षेत्रमा आमनागरिकको पहुँच अभिबृद्धी गर्ने उदेश्यले कर्णाली हिमाल खबर प्रा.लि. द्धारा संचालनमा ल्याइएको न्युज रेडपाण्डा एक अनलाइन समाचार पोटल हो ।

Related Articles

Back to top button