मिति:- २३ भाद्र २०८१, आईतवार | समय:-
कर्णाली प्रदेशताजाखबरमुख्य खबरस्थानीय

भेरीमा बेपत्ता युवाकाे शव निकालियाे

कालीकोट- सुर्खेतको भेरीनदीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका कालीकोटका दुई किशोरको शव आइतबार दिउँसो सशस्त्र प्रहरीको गोताखोर टोलीले निकालेको छ ।

कालीकोटको सान्नी त्रिवेणी-९ मुम्रा घर भइ पढाईको लागि सुर्खेत बस्दै आएका १९ वर्षीय विनोद केसी र १६ वर्षीय भुपेन्द्र केसी भेरीमा पौडी खेल्ने क्रममा शनिवार डुबेर बेपत्ता भएका थिए ।

शनिवार नै प्रहरीले खोजी सुरु गरे पनि नभेटिएपछि आइतवार सशस्त्र प्रहरी बल नं ६ महेश्वरी बाहिनी मुख्यालयबाट सशस्त्र प्रहरी सहायक निरिक्षक रमेश वहादुर थापाको कमाण्डमा गएको १० जनाको गोताखोर टोलीले आइतवार दिउँसो साढे १२ बजे भुपेन्द्र र १ बजे विनोदको शव ३० फिट गहिराईबाट निकालेको आफन्त अरुण केसीले बताए ।

https://www.adbl.gov.np/

न्युज रेडपाण्डा

सूचना संचार र प्रविधिका क्षेत्रमा आमनागरिकको पहुँच अभिबृद्धी गर्ने उदेश्यले कर्णाली हिमाल खबर प्रा.लि. द्धारा संचालनमा ल्याइएको न्युज रेडपाण्डा एक अनलाइन समाचार पोटल हो ।

Related Articles

Back to top button