मिति:- ८ श्रावण २०८१, मंगलवार | समय:-
कर्णाली प्रदेशताजाखबरमुख्य खबरसमाचारस्थानीय

बोलेरो जिप दुर्घटना ७ जना घाइते (नामावली सहित)

कालीकोट– शुभकालीका ५ हाउडीको सितलबजार नजिकै सुर्खेतबाट कालीकोटको हाउडी आउदै गरेको बोलेको जिप दुर्घटना भएको छ । कर्णाली प्रदेश ०२००१ च ०७९७ नम्बरको जिप सडकबाट अन्दाजी ५ सय मिटर तल खस्दा जिपमा सवार ७ जना घाइते भएका छन् । घाइतेलाई उद्दारगरि जिल्ला अस्पताल कालीकोट ल्याउने कार्य भइरहेकाे जिल्ला प्रहरी कार्यालय कालीकोटका सूचना अधिकारी पोषण थापाले बताउनु भयो ।

यहाँका अनुसार शुभकालिका गाउँपालिका ६ हाउडी बस्ने अन्दाजी बर्ष १८ की पुजा शाही, बर्ष २२ का बिष्णु शाही बर्ष ६ का तीर्थ खत्री, बर्ष २३ का देउके आचार्य, बर्ष ३३ का ऐन खत्री बर्ष ४५ की नाम एकिन नभएको महिला र दैलेख जिल्ला चामुण्डा बिन्दासैनी नगरपालिकाका जिप चालक अन्दाजी बर्ष २६ का दिपेन्द्र चौलागाई घाइते भएका छन् । दैलेख देखि हाउडी जोडिएको दबिरा सडक खण्डमा दुर्घटना भएको हो ।

 

न्युज रेडपाण्डा

सूचना संचार र प्रविधिका क्षेत्रमा आमनागरिकको पहुँच अभिबृद्धी गर्ने उदेश्यले कर्णाली हिमाल खबर प्रा.लि. द्धारा संचालनमा ल्याइएको न्युज रेडपाण्डा एक अनलाइन समाचार पोटल हो ।

Related Articles

Back to top button