मिति:- १० श्रावण २०८१, बिहीबार | समय:-
कर्णाली प्रदेशताजाखबरमुख्य खबरसमाचारस्थानीय

कालीकोटमा आईपिभि खोप संचालन हुदै

कालीकोट– स्वास्थ्य सेवा कार्यालय कालीकोटले आईपिभि खोप अभियान संचालन गर्ने भएको छ । ५ बर्ष देखि ८ बर्ष उमेर समुहका बालबालिकाका लागि आईपिभि खोप दिन लागिएको स्वास्थ्य सेवा कार्यालय प्रमुख डाक्टर संकेत बिश्वकर्माले बताउनु भयो । २०७३ बैसाख देखि २०७५ असोज महिनामा जन्मेका बालबालिकाले आईपिभि खोप लगाउन सक्ने छन् । जिल्ला भर रहेका २ सय २० वटा खोप केन्द्रबाट ७ हजार ३ सय ५० बालबालिका लाई आईपिभि खोप लगाउने लक्ष्य रहेको स्वास्थ्य सेवा कार्यालय कालीकोटका सूचना अधिकारी कटक महतले बताउनु भयो ।

खोप अभियान दुई चरणमा संचालन हुने भएको छ । पहिलो चरण अन्तर्गत खाँडाचक्र नगरपालिका, तिलागुफा नगरपालिका, महाबै गाउँपालिका, पलाँता गाउँपालिका, नरहरिनाथ गाउँपालिका र पचालझरना गाउँपालिकामा जेष्ठ १३ गते देखि १५ गते सम्म आईपिभि खोप अभियान संचालन हुने छ । त्यस्तै दोस्रो चरण अन्तर्गत रास्कोट नगरपालिका, सान्नीत्रिवेणी गाउँपालिका र शुभकालीका गाउँपालिकामा जेष्ठ १७ गते देखि १९ गते सम्म संचालन हुने महतले बताउनु भयो । खोप अभियान संचालनका लागि स्वास्थ्य कर्मीहरुलाई आवश्यक तालिम समेत प्रदान गरिएको छ ।

 

न्युज रेडपाण्डा

सूचना संचार र प्रविधिका क्षेत्रमा आमनागरिकको पहुँच अभिबृद्धी गर्ने उदेश्यले कर्णाली हिमाल खबर प्रा.लि. द्धारा संचालनमा ल्याइएको न्युज रेडपाण्डा एक अनलाइन समाचार पोटल हो ।

Related Articles

Back to top button