मिति:- ८ श्रावण २०८१, मंगलवार | समय:-
ताजाखबरमुख्य खबरसमाजस्थानीय

गिताको रहस्यमय मृत्यु

कालीकोट–घरेलु हिन्सा भोक्दै आएकी एक महिलाको मुत्यु भएको छ । श्रीमानबाट पिडित सान्नीत्रिवेणी गाउँपालिका वडा नं १ लुसा माईती घर भएकी गिता जैसीको संरक्षणका लागि राखिएको ठाउँमा रहस्यमय मृत्यु भएको हो । जैसीलाई पछिल्लो समय प्रहरीकै निर्देशनमा सोसेक नेपाल नामक गैह्सरकारी संस्थाको सरक्षणमा राखिएको थियो । आइतबार बिहान नौ वजे मान्म स्थीत सोसेक नेपाल कार्यालयको वाथरुमको ढोकामा गिता जैसी मृर्त अवस्थामा भेटीएको प्रहरीले जनाएको छ ।
शनिबार प्रहरी कार्यालयमा उपस्थित जैसीलाई प्रहरीले नै मानसिक तनाव दिएका कारणले जैसीले मुत्यु रोजेको आफन्तको आरोप छ । मृर्त जैसी ट्याईलेटको ढोकामा झुण्डीएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख डिएसपी अर्जुन केसीले बताउनु भयो । अनुसन्धान गर्नु पर्ने भएकाले शनिबार जैसीलाइ प्रहरीमा ल्याएर म्यासेजका वारेमा सोधपुछ गरेको डिएसपी केसी बताउनु भयो ।
दैलेख जिल्ला भगवतीमाई गाउँपालिका वडा नं ५ कट्टी स्थायी घरभई हाल कालीकोट सदरमुकाम मान्ममा बस्दै आएका दानवहादुर शाहीले गिता जैसीसंग अबैध सम्वन्ध राखेर एक छोरा समेत जन्माएका छन् । शाहीकोे गर्भ बसेपछि कान्छी श्रीमतीका रुपमा जैसीलाई स्वीकार गरेका थिए । २०७५ सालमा छोरा जन्मेसंगै शाहीले कान्छी श्रीमतीलाई हिन्सा गदै आएका हुन् । जेठी श्रीमती र स्वयम शाहीले हिन्सा गर्दा धेरै पटक प्रहरी कार्यालय पुगेर पनि न्याय नपाएर थप हिन्सा भोक्दै आएकी जैसीको जिल्ला आदालतमा सम्वन्ध बिच्छेद र अंकबण्डाको मुद्धा चलिरहेको छ ।


मुद्धाको तारेख दिन गएका बेला दुई सौता बिच हातहालाहल भएपछि शाहीकी जेठी श्रीमती रन्जना शाहीले जैसीलाई लुटपाट तथा हातपात गरेको मुद्धा दर्ता गराएकी छन । आफ्नो नाममा मुद्धा हालेको भन्दै जैसीका श्रीमान दानवहादुर शाहीले ज्यान मार्ने धम्की दिदै आएका थिए । आफन्तको संरक्षणमा रहेकी जैसीलाई र उनको छोरालाई समेत मार्ने म्यासेज गरेपछि शाही केही दिन प्रहरी हिरासतमा बसेर छुटेका हुन् । शाही छुटेको तीन दिन पछि गितालाई प्रहरीले बयानका लागि जिल्ला प्रहरी कार्यालयमा उपस्थित गराएर राती सोसेक नेपालको कार्यालयमा राखेको थियो ।
मानव संरक्षणको नाममा सोसेक नेपालले पनि हिरासतमा राख्ने गरेको थियो । हिन्सा पिडित हुन या अन्य कुनै करणी उद्योगमा पिडित भएकी महिलाको संरक्षण गर्ने नाममा आफन्तसंग भेटन नदिने, घरवाट वाहिर जान नदिने गरेर राख्ने गरेको थियो । सोसेकको कार्यालय वद्रिबिनाको हिरासत भएको सरोकारवालाहरुको भनाई छ ।
मृर्तक जैसीलाई दानवहादुर शाहीले तेरो बुवाको हत्या मैले गर्न लगाएको हुँ तेरो पनि त्यही हालत गर्नु भन्दै म्यासेज लेखेको थिए । उक्त बिषय अहिले प्रहरीको अनुसन्धानमा रहेको छ । कालीकोट जिल्लाको सान्नीत्रिवेणी गाउँपालिका वडा नं १ लुसाका ५५ वर्षिया धनिराम जैसी (गिताका बुवा) २०७७ साल भदौ २८ गते मृत्यु भएको थियो । सो घटना दानवहादुर शाहीले आफुले केटा प्रयोग गरी मारेकोे म्यासेजमा लेखेका थिए । गिता गत भदौ २१ गते राती भागेपछि केही आफन्तले दानवहादुर शाहीको घरमा तोडफोड गरेको भन्दै प्रहरीले थुनामा राखेको छ । उनिहरुलाई उभद्रो मुद्धा लगाएको छ ।

 

भरत प्रसाद देवकाेटा

जन्मथलो कालीकोट सान्नीत्रिबेणी ३ भइ काठमाडौमा बसोबास गर्दै आउनु भएका भरत प्रसाद देवकोटा समसामुहिक बिषयमा लेख रचनाहरु लेख्ने गर्नु हुन्छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button