मिति:- ५ जेष्ठ २०८१, शनिबार | समय:-
कर्णाली प्रदेशमुख्य खबरशिक्षासुचना प्रबिधी

सुर्खेतमा एकदिन कार्यशाला गाेष्ठी सम्पन्न

सुर्खेत-डिजिटल सुरक्षाको क्षेत्रमा १ नम्बर बन्न सफल HIKVISION ब्राण्डले शुक्रबार सुर्खेतमा आफ्नो एकदिन कार्यशाला गाेष्ठी सम्पन्न गरेको छ । कर्णाली प्रदेशकाे आधिकारी विक्रेता क्वीक कम्प्यूटर सोलुसनले सुर्खेत र आइटीका क्षेत्रमा काम गरिरहेका प्राविधिकहरुकाे सहभागीतामा गोष्ठी सम्पन्न भएकाे हो ।
कर्णालीकामा HIKVISION का सुरक्षा सामाग्रीहरुको पहुँच सुलभ पहुँच पुर्याएकाेमा निकै खुशी लागेकाे HIKVISION का नेपाल म्यानेजर लियोनले बताउनुभयो ।
पहिलो पटक सुर्खेत आएका लियाेनले डिजिटल युगकाे जमाना भएकाले सबै नागरिक डिजिटल हुन जरुरी रहेको बताउनु भयाे । गाेष्ठीमा पश्चिम नेपालका सेल्ल एरिया म्यानेजर सुलभ भण्डारीले कम्पनीकाे बारेमा संक्षिप्त जानकारी दिनुभएको थियो । कम्पनीका साउथ एसियन प्रशिक्षक सुप्रिम कोइरालाले सहभागीहरुलाई प्राविधिक जानकारी दिँदै डिजिटल कर्णाली बनाउने अभियानमा HIKVISION ले डिजिटल सुरक्षा प्रदान गर्ने बताउनुभयो । क्वीक कम्प्यूटर सोलुसनका प्रोप्राइटर धर्मराज भण्डारीले समय अनुसार परिवर्तित प्रविधिहरु भित्र्याउन पाउँदा हर्षित भएको बताउनु भयो । गाेष्ठीमा क्यान महास‌‌घका केन्द्रिय सदस्य राम किशाेर रावल सहित क्यानका प्रदेश तथा जिल्ला प्रतिनिधिहरुकाे समेत सहभागीता रहेकाे थियाे ।

भरत प्रसाद देवकाेटा

जन्मथलो कालीकोट सान्नीत्रिबेणी ३ भइ काठमाडौमा बसोबास गर्दै आउनु भएका भरत प्रसाद देवकोटा समसामुहिक बिषयमा लेख रचनाहरु लेख्ने गर्नु हुन्छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please, off your Ad Blocker