मिति:- ५ जेष्ठ २०८१, शनिबार | समय:-
कर्णाली प्रदेशताजाखबरमुख्य खबरसमाचारस्थानीय

रास्कोटमा, सामाजिक सुरक्षा भत्ता गाउँमै

कालीकोट–प्रजातन्त्र दिवसको अवसरमा रास्कोट नगरपालिकाले घरमै पुगेर सामाजिक सुरक्षा भत्ता बितरण गरेको छ । राष्ट्रिय बाणिज्य बैक शाखा कार्यालय रास्कोट संगको समन्वयमा नगरपालिकाले वडा नं. १ का ४६ र वडा नं.२ का १८ जना जेष्ठ नागरिकलाई घरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरेको नगर प्रमुख धर्मराज शाही पोषणले बताउनु भयो ।

नगरपालिकाले अशक्त, अपांङ्ग र जेष्ठ नागरिकलाई गाउँ घरमै पुगेर सामाजिक सुरक्षा रकम बितरण गर्ने गरेको छ । हामी बनाउछौं, हाम्रो नगर भन्ने मुलनारा घरदैलोमा सामाजिक सुरक्षा भत्ता वितरण कार्यक्रम अन्तरगत नगरपालिकाले सोमबार वडा नं. १ र २ मा सामाजिक सुरक्षा भत्ता वितरण गरेको हो । आम नागरिकको जानकारीका लागि नगरपालिकाले कुन उमेर समुहको को को ले कति सामाजिक सुरक्षा भत्ता प्राप्त गर्छन् भन्ने संदेश मुलक सूचना सहितको ब्यानर सामाजिक सुरक्षा भत्ता वितरण स्थलमा राख्ने गरेको छ ।

भरत प्रसाद देवकाेटा

जन्मथलो कालीकोट सान्नीत्रिबेणी ३ भइ काठमाडौमा बसोबास गर्दै आउनु भएका भरत प्रसाद देवकोटा समसामुहिक बिषयमा लेख रचनाहरु लेख्ने गर्नु हुन्छ ।

Related Articles

Back to top button

Adblock Detected

Please, off your Ad Blocker