मिति:- ५ जेष्ठ २०८१, शनिबार | समय:-
ताजाखबरमुख्य खबरसमाचारसमाज

बाजुरामा मिनी ट्रक दुर्घटना

बाजुरा- कर्णाली करिडोर अन्तर्गत जगन्नाथ गाउँपालिकाको बेर्मा बजार नजिकै मिनि ट्रक दुर्घटना भएको छ । सुर्खेतबाट खाद्यान्न बोकेर हुम्लातर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१६– ०५५७ नम्बरको मिनी ट्रक दुर्घटना भएकाे हाे। ट्रक दुर्घटना हुँदा चालक दैलेख जिल्ला आठबिस नगरपालिका–४ का ३६ वर्षीय देवीराम सिजापती गम्भीर घाइते भएका छन्।

त्यस्तै सह–चालक दैलेखको दुल्लु नगरपालिका–२ का  १८ वर्षीय अर्जुन विक र जाजरकोट घरभइ बिरेन्द्र नगर नगरपालिका–१२ बस्ने २२ वर्षीय मोहन घर्तीमगर घाइते भएका छन्। प्रहरीले घाइतेको उद्धार गरी उपचारका लागि कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा पठाएको जनाएकाे छ। ट्रक सडक खण्डबाट दुई सय मिटर तल खसेको प्रहरीले भनाइ छ।

भरत प्रसाद देवकाेटा

जन्मथलो कालीकोट सान्नीत्रिबेणी ३ भइ काठमाडौमा बसोबास गर्दै आउनु भएका भरत प्रसाद देवकोटा समसामुहिक बिषयमा लेख रचनाहरु लेख्ने गर्नु हुन्छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please, off your Ad Blocker