मिति:- ६ मंसिर २०८१, बिहीबार | समय:-
कर्णाली प्रदेशमुख्य खबरस्थानीय

४ वर्षीय छोरासहित एक महिला मान्मबजार बाट बेपत्ता

कालीकोट- खाँडाचक्र १ मान्म बजारबाट बिहीबार रातिदेखि ४ वर्षीय छोरासहित एक महिला बेपत्ता भएकी छन् । पतिसँगकाे झगडापछि कालीकोट जिल्ला अदालतमा अंशमुद्दा दायर गरेकी सान्नीत्रिवेणी १ लुसा माइती भएकी २५ वर्षीया गीताकुमारी जैसी शाही र उनका ४ वर्षीया छोरा टेकेन्द्र मान्म नावगैरास्थित बस्ने काेठाबाट बेपत्ता भएका हुन् । उनी दैखेल भगवतीमाई ५ कट्टी घर भइ मान्म बजारमा व्यवसाय गर्दै आएका दानबहादुर शाहीकी कान्छी पत्नी हुन् । १५ वर्षदेखि मान्म बजारमा व्यवसाय गर्दै आएका शाहीले ५ वर्षअघि कान्छी श्रीमतीको रुपमा बिहे गरेर छोरा जन्माएपछि कुटपिट गर्दै हिंसा गर्न थालेकाे हुन् । पारिवारिक हिसा बढ्दै गएपछि गीता अलग बस्दै आएकी थिइन् ।

गत राति ९ बजे मान्म बजारको सुवेदी होटलमा खाना खाएर सुत्न नावगैरास्थित कोठा गएका आमाछोरा राति नै बेपत्ता पारिएको माइती पक्षको गुनासो छ । खाना खाएर सुत्न कोठा गएका हुन् । सुवेदी होटलका संचालक नमराज सुवेदीले भने, ‘पेट दुख्यो भन्थिन्, राति ११ बजे फोन गर्दा कट्यो । उनले थपे हामीले त निन्द्राले नउठाएको होला भन्ने सोच्यौं । अरु नै भएको रहेछ ।’ उनले राति नै उनकी सौताको संलग्नतामा हत्या गरेर शव बेपत्ता बनाइएको हुनसक्ने आशंका गरे ।

एमाले मान्म नगर कमिटी हुँदै जिल्ला कमिटी सदस्य थिए । केही समयअघिसम्म कार्यालय सचिवको काम पनि गर्थे । उनले कालीकोटबाटै पहिलो विवाह गरेका थिए । महिला हिंसाको घटनामा जोडिएको भन्दै एमाले कालीकोटले उनलाई दुई साताअघि एमाले जिल्ला कमिटी सदस्यबाट निलम्बन गरिसकेको विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

पतिसँग झगडा परेर एक्लै बस्दै आएकी जैसी र उनका ४ वर्षीय छोरा बेपत्ता भएको खबर प्रहरीसँग पुगेपछि खोजी भइरहेको जिल्ला प्रहरी प्रमुख डीएसपी अर्जुन केसीले बताए । हराएको खबर आएपछि प्रहरीले अनुसन्धान गरिरहेको छ । डीएसपी केसीका अनुसार कोठामा महिलाका रौं उखेलिएको अवस्थामा भेटिएको छ । उनकी सौता रेश्मा शाहीसहित तीन जनालाई सोधपुछको लागि प्रहरी कार्यालयमा ल्याइएको जानकारी दिए ।

मान्म बजारमा ‘शाहीजी इलेक्ट्रोनिक्स’ संचालन गर्दै आएका शाहीको पक्की घर भए पनि गीतालाई घरमा बस्न नदिएकाले बाहिर कोठा लिएर बस्दै आएकी थिइन् । गीताको बस्ने कोठामा कपडा यत्रतत्र छरिएका, कपालको छालासहित रौं उखेलेर फ्याँकिएको अवस्थामा भेटिएकोले काठामै आमाछोराको हत्या गरेर शव बेपत्ता बनाइएको हुनसक्ने उनकी दिदी नाता पर्ने पवित्रा जैसी धमलाले बताइन् । उनकी पति र सौताको षड्यन्त्रमा बेपत्ता बनाइएको हुनसक्ने धमलाको दाबी छ । ‘पहिले पनि दिनदिनै कुटपिट गरेर घरमा बस्न दिएनन्,’ उनले भनिन्, ‘अदालतमा अंश र सम्बन्ध विच्छेदको मुद्दा हालेकी थिइन् ।’ उनले दानबहादुरले गीतालाई पहिले बलात्कार गरेर गर्भवती बनाएरपछि दोश्रो पत्नीको रुपमा स्वीकार गरे पनि हिंसा गर्दै आएको बताइन् ।

दुई साताअघि शाहीले म्यासेन्जमा गीताका बुवाको पनि आफैंले मान्छे लगाएर भीरबाट धकेल्न लगाइ हत्या गरेको र आफुलाइ बढी अन्याय गरे गीता र गीताका छोरालाइ पनी मारिदिने फेसबुक म्यासेन्जरमा भनेपछि दानबहादुरलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

उनकी जेठी पत्नी रञ्जनाले भने दानबहादुरको फेसबुक गीता आफैंले चलाएर फसाउन म्यासेन्जरमा लेखेको बताउने गरेकी थिइन् । म्यासेन्जरमा अंश मुद्दा फिर्ता लिन धम्क्याउँदै उनको छोरा र उनलाई मार्ने धम्की दिइएको थियो । उनले म्यासेन्जरमा अदालत, न्यायाधीश सबैलाई आफूले किनिसकेको पनि लेखेका छन्।

यहाँका प्रजिअ जोरासिंह माझीले आमाछोरा बेपत्ता भएको खबर आएकाले प्रहरीले अनुसन्धान गरिरहेको बताउनु भयाे ।

 

भरत प्रसाद देवकाेटा

जन्मथलो कालीकोट सान्नीत्रिबेणी ३ भइ काठमाडौमा बसोबास गर्दै आउनु भएका भरत प्रसाद देवकोटा समसामुहिक बिषयमा लेख रचनाहरु लेख्ने गर्नु हुन्छ ।

Related Articles

3 Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please, off your Ad Blocker