कर्णाली प्रदेशताजाखबरमुख्य खबरसमाचारस्थानीय
योजना छनोट र बजेट विनियोजनमा सुधार गर्न अझै आवश्यक छ : मुख्यमन्त्री कँडेल

सुर्खेत- योजना छनोटदेखि बजेट विनियोजन सम्मको प्रक्रियामा सुधार गर्न अझै आवश्यक रहेको कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले बताउनु भएकाे छ।
कर्णाली प्रदेशसभाका सदस्यहरुसँग कर्णाली प्रदेशको आयोजनाको प्रस्ताव तथा छनोट प्रक्रिया सम्बन्धी कार्यविधि, २०८१ र कर्णाली प्रदेश आयोजना बैंक (कार्यसञ्चालन तथा व्यवस्थापन) मापदण्ड, २०८१ को प्रारम्भिक मसौदामाथि छलफल कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले विगतको अभ्यासबाट पाठ सिक्दै आगामी वर्षको बजेट निर्माणमा थप सुधार गर्नु पर्नेमा जोड दिनु भयाे ।