मिति:- २२ श्रावण २०८२, बुधबार | समय:-
ताजाखबरप्रदेश २मुख्य खबरसमाचारस्थानीय

प्रहरी र स्थानीयबीच झडप, गोली लागेर एक जनाको मृत्यु

सप्तरी– सप्तरीको राजगढ गाउँपालिका-२ कमलपुरमा मंगलबार राति तस्करी रोक्न पुगेका प्रहरी र स्थानीयबीच झडप भएको छ। तस्करी राेक्न गएकाे प्रहरी माथि केही स्थानीयले ढुंगामुढा गर्न थालेपछि स्थिति तनावग्रस्त बनेको थियो ।

सोही क्रममा प्रहरीले चलाएको गोली लागेर अन्दाजी ३६ वर्षीय लालु यादवको मृत्यु भएको हो । गोली लागेर घाइते भएका यादवलाई उपचारको लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराज ल्याइएको थियो ।उपचारकै क्रममा उनको ‌ मृत्यु भएको हो। झडपमा एक जना प्रहरी पनि घाईते भएका छन् । झडपपछि भारततर्फ तस्करी गर्न लागेको केही कार्टुन मदिरा समेत नियन्त्रणमा लिएको जनाएको छ ।

न्युज रेडपाण्डा

सूचना संचार र प्रविधिका क्षेत्रमा आमनागरिकको पहुँच अभिबृद्धी गर्ने उदेश्यले कर्णाली हिमाल खबर प्रा.लि. द्धारा संचालनमा ल्याइएको न्युज रेडपाण्डा एक अनलाइन समाचार पोटल हो ।

Related Articles

Back to top button
error: Content is protected !!

Adblock Detected

Please, off your Ad Blocker