कर्णाली प्रदेशताजाखबरमुख्य खबरसमाचारस्थानीय
प्रजातन्त्र दिवसकाे अवसरमा बजार सरसफाइ कार्यक्रम सम्पन्न

कालीकाेट- जिल्ला मुल समाराेह समितिकाे आयाेजनामा बजार क्षेत्र सरसफाइ गर्दै राष्ट्रिय प्रजातन्त्र दिवस मनाइएको छ । जिल्ला समन्वय समिति कालीकोटका प्रमुख धनजित बहादुर शाहीको अध्यक्षतामा सुरु गरिएकाे सरसफाइ र्याली जिरोप्वाइन्ट देखि प्रतिमा चोक सम्म पुगेर काेणसभामा गर्दै सम्पन्न भएकाे छ।
उक्त कार्यक्रममा खाँडाचक्र नगरपालिकाका उप-प्रमुख गणेश बहादुर शाही, प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराई बिभिन्न सरकारी तथा गैह सरकारी कार्यालयका प्रमुख प्रतिनिधि, सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधीहरुकाे सहभागीता रहेकाे थियाे । २००७ सालको क्रान्ति सफल भएर १०४ वर्षे लामो निरङ्कुश जहानीया राणा शासन अन्त्य भएको सम्झनामा हरेक फागुन ७ गते नेपालमा प्रजातन्त्र दिवस मनाउने गरिन्छ ।