मिति:- ३ आश्विन २०८१, बिहीबार | समय:-
ताजाखबरमुख्य खबरसमाचारसमाजस्थानीय

बैकिंङ कसुर गरेको आरोपमा- शाही पक्राउ

कालीकोट– बैकिंङ कसुर गरेको आरोपमा खाँडाचक्र नगरपालिका–११ रेगिंलका धीरबहादुर शाहीलाई प्रहरीले पक्राउ गरेको छ । ४३ वर्षीय शाहीले रकम नभएको बैंक खाताको चेक दिएर बैकिंङ कसुर गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

शाही विरुद्ध ठगीमा जाहेरी परको थियो । जाहेरी परेको थाहा पाएपछि शाही फरार भएका थिए । शाहीले ४ जनालाई खातामा रकम नभएको चेक दिएका थिए । शाही विरुद्ध कालीकोटका नन्दाकुमारी सिंह, दुर्गबहादुर शाही, नरेन्द्र विष्ट र कमला शाहीले ठगी गरेको भन्दै जाहेरी दिएका थिए ।

चेक बाउन्सको मुद्दा परेपछि कालीकोटबाट काठमाडौं गएर लुकीछिपि बसेको अवस्थामा भदौ ३१ गते उपत्यका प्रहरी कार्यालय काठमाडौंको सहयोगमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कालीकोटका सूचना अधिकारी गोविन्दप्रसाद चौधरीले बताउनु भयो । प्रहरीले असोज १ गते जिल्ला अदालत कालीकोट बाट म्याद थप गरी अनुसन्धान सुरु गरेको छ ।

कालीकोटमा पछिल्लो पटक चेक बाउन्सका मुद्दा धेरै पर्ने गरेको प्रहरीले जनाएको छ । चालु आर्थिक बर्षमा मात्र ६ जनालाई चेक बाउन्स मुद्दामा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

https://www.adbl.gov.np/

न्युज रेडपाण्डा

सूचना संचार र प्रविधिका क्षेत्रमा आमनागरिकको पहुँच अभिबृद्धी गर्ने उदेश्यले कर्णाली हिमाल खबर प्रा.लि. द्धारा संचालनमा ल्याइएको न्युज रेडपाण्डा एक अनलाइन समाचार पोटल हो ।

Related Articles

Check Also
Close
Back to top button