मिति:- ११ श्रावण २०८१, शुक्रबार | समय:-
कर्णाली प्रदेशताजाखबरमुख्य खबरसमाचारस्थानीय

जिल्लाका दश वडा, राष्ट्रिय प्रसारण लाइनको ग्रीडमा जोडिए

कालीकोट– चालु आर्थिक बर्षको ८ महिनामा कालिकोट जिल्लाका दश वटा वडामा राष्ट्रिय प्रसारण लाइनको ग्रीड बिद्युत सेवा पुगेको छ । भिरालो जमिन,कडा चट्टानी भिर पाखाहरुमा बिद्युतीय संरचना निर्माण गर्दै नेपाल बिद्युत प्राधिकरण कालिकोट वितरण केन्द्रले गाउँ–गाउँमा बिद्युत पुर्याएको छ ।
गाउँमा बिद्युत पुगेपछि स्थानीयहरु खुशी भएका छन् । बिद्युतीय उपकरणहरु सजिलै संचालन गर्न सकिने भएको छ । वडामा रहेको सरकारी तथा गैह् सरकारी निकायका काम काजमा छिटो छरिता हुन थालेको छ । बिद्यार्थीको पढाइ लेखाइमा सहज भएको छ ।
कालिकोट वितरण केन्द्रले सदरमुकाम खाँडाचक्र नगरपालिकाको वडा नं. ८,९,१० र ११ नम्बर वडामा राष्ट्रिय प्रसारण लाइनको ग्रीड बिद्युत सेवा पु¥याएको छ । शुभकालिकाको वडा नं. ४ र ५, नरहरिनाथको वडा नं. ८ र ९, रास्कोट नगरपालिकाको वडा नं. ९ र महाबै गाउँपालिकाको वडा नं. ५ मा राष्ट्रिय प्रसारण लाइनको ग्रीड पुर्याएको छ । भिरालो जमिनमा बिद्युतीय संरचना बनाउन निकै कठिनाइ हुने र समय धेरै लाग्ने कालिकोट वितरण केन्द्रका फोरमेन जय प्रसाद पाण्डेले बताए ।
सोमबार खाँडाचक्र नगरपालिका ६ मोल्फा बजार बाट ११ केभि बिद्युत लाइन महाबै ५ को गेलागाउँ पुगेको छ । प्रजातन्त्र दिवसको दिन गाउँमा बिद्युत पुगेको खुशीयालीमा गाउँलेहरुकाे भेलामा महाबै गाउँपालिका उपाध्यक्ष दानसिंह सेजुवाल, महाबै ५ का वडा अध्यक्ष शिवराज जैसी रविकिरणले प्राधिकरणका कर्मचारीलाई फुलमाला, अविर र सम्मानपत्र दिएर सम्मान गरेका छन् । लामो बिद्युतीय लाइन, भौगोलिक कठिनाइ, साधान स्रोत र प्रविधिको अभाव, घना वनजंगलका कारण कर्मचारीहरु नियमित फिल्डमै खटिरहन पर्ने समस्या रहेको कालिकोट वितरण केन्द्र प्रमुख ईन्जिनियर बिमल प्रसाद शाहले बताउनु भयो ।

भरत प्रसाद देवकाेटा

जन्मथलो कालीकोट सान्नीत्रिबेणी ३ भइ काठमाडौमा बसोबास गर्दै आउनु भएका भरत प्रसाद देवकोटा समसामुहिक बिषयमा लेख रचनाहरु लेख्ने गर्नु हुन्छ ।

Related Articles

Back to top button