मिति:- १२ श्रावण २०८१, शनिबार | समय:-
कर्णाली प्रदेशताजाखबरमुख्य खबरस्थानीय

भुकम्प पीडितलाई रास्कोट र नरहरीनाथको दुई/दुई लाख सहयोग

कालीकोट–जाजरकोट र रुकुम पश्चिम क्षेत्रका भुकम्प पीडितका लागि रास्कोट नगरपालिकाले तत्काल राहत स्वरुप दुई लाख बाईस हजार दुई सय बाईस रुपैया आर्थिक सहयोग गर्ने घोषणा गरेको छ । नगरप्रमुख धर्मराज शाहीले मंगलबार प्रेस बक्तब्य जारी गर्दै राहत तथा पुर्ननिमार्ण अभियानमा सहयोगमा सहयोग स्वरुप उक्त रकम आर्थिक सहयोग गरिने बताउनु भयो ।

त्यस्तै यहाँको नरहरीनाथ गाउँपालिकाले भुकम्प पीडितको सहयोगार्थ दुई लाख आर्थिक सहायता गर्ने गाउँपालिका अध्यक्ष नगेन्द्र बहादुर बिष्टले बताउनु भयो । गाउँपालिकाले आइतबार जारी गरेको प्रेस बिज्ञाप्तीमा प्रदेश बिपद ब्यवस्थापन कोष मार्फत उक्त रकम उपलब्ध गराउने बताइएको छ ।
गत शुक्रबार मध्यरातमा गएको भूकम्पका कारण जाजरकोट र रुकुमपश्चिममा १ सय ५३ जनाको मृत्यु भइसकेको छ भने साढे ३ सय जना घाइते छन् । दुई जिल्लामा गरी १७ हजार ७ सयभन्दा धेरै घरहरू पूर्णरुपमा क्षति भएका छन् ।

भरत प्रसाद देवकाेटा

जन्मथलो कालीकोट सान्नीत्रिबेणी ३ भइ काठमाडौमा बसोबास गर्दै आउनु भएका भरत प्रसाद देवकोटा समसामुहिक बिषयमा लेख रचनाहरु लेख्ने गर्नु हुन्छ ।

Related Articles

One Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button