मिति:- १० श्रावण २०८१, बिहीबार | समय:-
कर्णाली प्रदेशताजाखबरमुख्य खबरसमाचार

जुम्लाकाे हिमामा अटो दुर्घटना हुँदा दुई जनाको मृत्यु

जुम्ला- जुम्ला जिल्लाको हिमा गाउँपालिका १ स्थित बड्कीमा अटो दुर्घटना भएको छ ।  अटो दुर्घटना हुँदा हिमा १ का अटोचालक ४५ वर्षीय पदम शाही र सोही वडाका ४२ वर्षीय बली रोकायाकाे घटनास्थलमै मृत्यु भएको  जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी उमेश चन्दले जानकारी दिनु भयाे ।

भे १ ह ३१९७ नम्बरको अटो नाग्मबाट हिमा गाउँपालिका १ देवारगाउँ जाँदै गरेको अवस्थामा आइतबार बिहान हिमा १ बड्कीमा दुर्घटना भएको हाे । दुर्घटनामा परी सोही ठाउँका अन्दाजी ४१ वर्षका नन्द रोकाया घाइते भएका छन् । घाइतेलाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाएको प्रहरीले जनाएको छ ।

 

भरत प्रसाद देवकाेटा

जन्मथलो कालीकोट सान्नीत्रिबेणी ३ भइ काठमाडौमा बसोबास गर्दै आउनु भएका भरत प्रसाद देवकोटा समसामुहिक बिषयमा लेख रचनाहरु लेख्ने गर्नु हुन्छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button