
सुनसरी। सुनसरीको दक्षिणवर्ती सीमा क्षेत्रमा पहिलो पटक प्रहरी निरीक्षकको कमान्डमा इलाका प्रहरी कार्यालय स्थापना गरी सेवा प्रवाह सुरु गरिएको छ । भारतीय सीमावर्ती क्षेत्रमा पर्ने देवानगन्ज गाउँपालिकामा नव निर्मित भवनको उद्घाटन गरि प्रहरीले बुधवारबाट सेवा प्रवाह सुरु गरेको हो । कार्यालयको प्रमुख प्रहरी निरीक्षक बद्री दाहाललाई काजमा खटाइएको छ र उनी ईलाका प्रहरीको पहिलो इन्चार्ज हुन ।
o5yrsl