मिति:- १० श्रावण २०८१, बिहीबार | समय:-
ताजाखबरमुख्य खबरसमाचार

कर्णाली स्वास्थ्य प्रतिष्ठान जुम्लामा डायलासिस सेवा सुरू

जुम्ला — कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा पहिलोपटक डायलासिस सेवा सुरू भएको छ । मृगौला रोगीहरुलाई केन्द्रित गर्दै सोमबारदेखि डायलासिस सेवा सुरु गरिएको हो । अस्पताल निर्देशक डा‍ पुजन रोकायाका अनुसार मेसिन जडान भइसकेर सेवा सुरु भइसकेको छ ।
जब मिर्गौला रोगीहरुको मिर्गौलाले काम गर्दैन । शरीरका फोहोर चिजहरु फालिरहेको हुँदैन । उति नै बेला मिर्गौलाले गर्ने काम मेसिनले गरिरहेको हुन्छ, निर्देशक रोकायाले भने । डायलासिस सेवा प्रदान गर्न विशिष्टकृत सेवा पढेको जनशक्ति छैन । तर कर्णाली प्रतिष्ठानले उपलब्ध जनशक्तिको भरपुर प्रयोग गरेर सेवा दिन थालेकाे छ । एक नर्सिङ अफिसर र दुई जना स्टाफ नर्सलाई तालिम दिइएर सेवामा खटाइएको छ । उनीहरुले चिकित्सकहरुको निगरानीमा सेवा दिने गरेका छन् ।

यसअघि सुर्खेत,नेपालगञ्ज र काठमाडौंका सुविधा सम्पन्न अस्पतालसम्म पुगेर मिर्गौला रोगीहरुले डायलासिस सेवा लिइरहेका थिए ।सरकारले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लालाई ६ वटा डायलासिस मेसिन दिइएको छ । जसमध्ये दुई मेसिन मात्र प्रयोगमा ल्याइएको छ । बिरामीको चाप अनुसार मेसिनहरु जडान गरेर सञ्चालनमा ल्याइने अस्पतालले जनाएको छ ।

मनिराज पाण्डे

पत्रकार मनिराज पाण्डे कालीकोटमा बसेर लामो समय देखि सूचना, संचार, प्रविधि र विकासका बिषयमा समाचार लेख्नु हुन्छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button