मिति:- १० श्रावण २०८१, बिहीबार | समय:-
कर्णाली प्रदेशताजाखबरमुख्य खबरसमाचार

थाहा नभएको रोगको नमुना संकलन गरिदै

कालीकोट – स्वास्थ्य कर्मीको टोलीले तिलागुफा नगरपालिका–१० रुडुमा थाहा नभएको रोगको नमुना संकलन गरिरहेको छ । त्यहाँको महादेव माध्यमिक विद्यालयमा थाहा नभएको रोगले बुधबार एक विद्यार्थीको ज्यान गएपछि बिहीबार स्वास्थ्य कर्मीको टोली त्यहाँ पुगको थियो ।

तिलागुफा नगर अस्पताल प्रमुख डाक्टर टंक प्रसाद आर्चाय सहितको स्वास्थ्य कर्मीको टोली र स्वास्थ्य सेवा कार्यालय कालीकोटका मेडिकल अधिकृत डाक्टर रामानन्द चौधरीको नेतृत्वमा जिल्लाबाट गएको पाँच सदस्यीय स्वास्थ्यकर्मीको टोलीले रुडु बिरामीको चेकजाँच गरेको छ । शुक्रबार करिव १ सय ६० भन्दा बढी बिरामीको चेकजाँच गरिएको छ । थाहा नभएको रोगको नमुना संकलन गरेर रोगको परिक्षणका लागि काठमाडौ पठाउने तयारी भइरहेको स्वास्थ्य सेवा कार्यालय कालीकोटका निमित्त स्वास्थ्य सेवा ब्यवस्थापक डाक्टर संकेत बिश्वकर्माले बताउनु भयो ।

भरत प्रसाद देवकाेटा

जन्मथलो कालीकोट सान्नीत्रिबेणी ३ भइ काठमाडौमा बसोबास गर्दै आउनु भएका भरत प्रसाद देवकोटा समसामुहिक बिषयमा लेख रचनाहरु लेख्ने गर्नु हुन्छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button