गाउँमै नेपाली कागज उत्पादन सुरु

कालीकोट– यहाँको नरहरीनाथ गाउँपालिकाले गाउँमै नेपाली कागज उत्पादन सुरु गरेको छ । गाउँमै पाइने लोक्ता सेतवढुको संकलन गरेर कागज उत्पान सुरु गरिएको नरहरीनाथ गाउँपालिका अध्यक्ष नगेन्द्र विष्टले बताउनु भयो । नरहरीनाथ गाउँपालिका उद्यम विकास शाखाको २ लाख ४० हजार टोप्ला लघुउद्यम विकास समुह गठन गरी नरहरीनाथ ५ मा कागज उद्योग संचालन गरिएकोे समुहका अध्यक्ष जसमल बोगटीले बताउनु भयो ।
बैसाखमा स्थापना गरिएको उद्यागले २ सय भन्दा बढी नेपाल कागज ताउ उत्पादन गरेको छ । यस पटकको गाउँ सभामा नरहरीनाथ गाउँपालिकाले आफ्नै उत्पादनको नेपाली कागजबाट बनेको झोला र डायरी प्रयोग गर्ने भएको छ । करिव ५ फिट अग्लो हुने लोक्ताको बोट काटेर कागज बनाउन प्रयोग गरिन्छ ।
काटेको बोट पुनः दोस्रो बर्ष धेरै हाँगा सहित पलाउने गर्द छ । नेपाल कागज बनाउन चाहिने अन्य केमिकल कास्टिङ सोडा, ब्रिफ पाउडर र नुरी समेत खरिद गरी ल्याइएको समितिका अध्यक्ष बोगटीले बताउने भयो । उद्योग संचालनमा आए पछि स्थानीय ४ जनाले रोजगारी पाएका छन् । अझै अद्योग संचालनका लागि चाहिने उपकरण अभाव रहेको बोगटीले बताउनु भयो ।
Explore the ranked best online casinos of 2025. Compare bonuses, game selections, and trustworthiness of top platforms for secure and rewarding gameplaycasino bonus.
اكتشف أفضل الكازينوهات على الإنترنت لعام 2025. قارن بين المكافآت واختيارات الألعاب ومصداقية أفضل المنصات لألعاب آمنة ومجزيةآلة القمار