मिति:- १० श्रावण २०८१, बिहीबार | समय:-
कर्णाली प्रदेशताजाखबरमुख्य खबरसमाचारसमाजस्थानीय

कामको खोजीमा भारत जानेको संख्या बढ्दै

कालीकोट- कामको खोजीमा भारतका बिभिन्न स्थानमा जानेको संख्या बढ्दै गएको छ । बैसाख महिनाको सुरुवात देखि भारत जानको संख्या बढ्दै गएको जिल्ला प्रशासन कार्यालय कालीकोटले जनाएको छ ।

भारत जानका लागि जिल्ला प्रशासन कार्यालय बाट सिफारिस गर्नु पर्ने भएपछि भारत जानको संख्या बढ्दै गएको जानकारी भएको हो । गत साल खाँडाचक्र नगरपालिका ५ दाहाँगाउँका एक जना कामदारले बच्चा मारेको आरोपमा भारत प्रहरीले कालीकोटबाटै पक्राउ गरेर लगेको थियो । खाँडाचक्र नगरपालिका वडा नं. ९ पाँखा गाउँका १ सय ७६ जना भन्दा बढी भारतको केदार गएको वडा अध्यक्ष विरीजीत बिष्टले बताउनु भयो ।

गाउँमा रोजगारी नपाएपछि भारतको कुल्लु, मनाली र केदारनाथ, जानेको संख्या बढेको हो । जिल्ला प्रशासन कार्यालयबाट सिफारिस लिएर भारत जानेको संख्या २ हजार ३ सय भन्दी बढी छ । स्थानीय सरकारले विकास निर्माणका काम गर्दा बैसाखमा सम्झौता गरी असार र साउनमा काम गर्ने प्रचलन अझै हटेको छैन ।

भरत प्रसाद देवकाेटा

जन्मथलो कालीकोट सान्नीत्रिबेणी ३ भइ काठमाडौमा बसोबास गर्दै आउनु भएका भरत प्रसाद देवकोटा समसामुहिक बिषयमा लेख रचनाहरु लेख्ने गर्नु हुन्छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button