मिति:- १८ भाद्र २०८२, बुधबार | समय:-
कर्णाली प्रदेशताजाखबरमुख्य खबरशिक्षासमाचारसुचना प्रबिधी

नेफ्स्कूनमा सहकारी संस्थाहरुले प्रयोग गर्ने सफ्टवेयरमा विवाद सुरु

काठमाडौं- नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) मा सहकारी संस्थाहरुले प्रयोग गर्ने सफ्टवेयरको विषयमा विवाद सुरु भएको छ । नेफ्स्कूनले एउटा कम्पनीसँग गरेको सफ्टवेयर निर्माण तथा बिक्रीको सम्झौता नसकिदै कमिसनको लोभमा अर्को कम्पनीसँग सम्झौता गरी नयाँ सफ्टवेयरको बिक्री सुरु गरेपछि संघ विवादमा परेको हो ।

नेफ्स्कूनले लामो समयदेखि जिनोव इंक प्रालीसँग सम्झौता गरी नेकोस प्लस सफ्टवेयर बिक्री गर्दै आएको छ । नेकोस प्लस सफ्टवेयर निर्माण, अपडेट तथा प्राविधिक सेवा जिनोव इंकले दिदै आएको छ । सम्झौता अनुसार सफ्टवेयर बिक्रीबाट भएको आम्दानी आधा हिस्सा नेफ्स्कूनले पाउदै आएको छ ।

तर, गत वर्ष भने नेफ्स्कूनले आफै समेत सेयर होल्डर रही स्थापना गरेको मिरा इआरपी नियोसिस टेक्नोलोजी प्रालिसँग सम्झौता गरी सहकारी सफ्टवेयर मिरा इआरपीको बिक्री गर्न थालेपछि जिनोवसँग विवाद सुरु भएको हो । आफुसँगको सम्झौता कायमै रहेका बेला नयाँ कम्पनीसँग सम्झौता गरी सफ्टवेयर निर्माण तथा बजारीकरण सुरु गरेपछि जिनोव इंकले नेफ्स्कून विरुद्ध गत बुधबार नेफ्स्कून विरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ ।

उक्त मुद्दामा शुक्रबार अन्तरिमकालिन आदेश जारी गर्दै अदालतले तत्कालका लागि मिरा सफ्टवेयर बजारीकरण, प्रचारप्रसार तथा बिक्री नगर्न नेफ्स्कूनलाई आदेश दिएको छ । यसैगरी अदालतले यस विषयमा छलफल गर्नका लागि फागुन २ गते दुवै पक्षलाई बोलाएको छ ।

बचत तथा ऋण सहकारीहरुलाई बिक्री गर्ने योजना सहित नेफ्स्कून र रारा डिजिटल ल्याब्स प्रालिको संयुक्त लगानीमा मिरा सफ्टवेयर निर्वाण गरिएको हो । नेफ्स्कूनले गत कात्तिक २६ गते एक कार्यक्रम गरी सफ्टवेयरको सफ्ट लञ्च गरिसकेको छ । २६ वटा साकोसहरुको तथ्यांक मिरा इआरपीमा माइग्रेट गरी सञ्चालनको सुरुवात गरिएको नेफ्स्कूनले जनाएको छ ।

भरत प्रसाद देवकाेटा

जन्मथलो कालीकोट सान्नीत्रिबेणी ३ भइ काठमाडौमा बसोबास गर्दै आउनु भएका भरत प्रसाद देवकोटा समसामुहिक बिषयमा लेख रचनाहरु लेख्ने गर्नु हुन्छ ।

Related Articles

2 Comments

  1. Wonderful goods from you, man. I’ve understand your stuff previous
    too and you’re just extremely fantastic. I reakly like what you’ve acquired here, certainly like whast you are stating aand the way iin which you
    say it. You make iit enjoyable and you still take care of to keep it
    sensible. I cant wait to read much more from you.
    This is actually a terrific site. https://glassi-freespins.blogspot.com/2025/08/how-to-claim-glassi-casino-free-spins.html

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!

Adblock Detected

Please, off your Ad Blocker