मिति:- १२ श्रावण २०८१, शनिबार | समय:-
ताजाखबरमुख्य खबरसमाचारसुचना प्रबिधी

कन्याक्ट आई.पि.एसबाट भन्दा बैकबाट राजश्य भुक्तानी सहज

कालीकोट– आन्तरिक राजश्व कार्यालयको राजश्व भुक्तानी कन्याक्ट आइपिएस बाट भन्दा बैकबाट गर्दा सहज हुने राजश्व कार्यालय जुम्लाले जनाएको छ । बिहिबार करचुक्ता प्रमाण पत्र लिनका लागि कालीकोटका एक ब्यवसायीले कन्याक्ट आइपिएस बाट राजश्व भुक्तानी गरेका थिए । ब्यवसायीले छिटाृ र छरितो सेवाका लागि अनलाइन सेवाको प्रयोग गर्दै कन्याक्ट आइपिएस बाट राजश्व जम्मा गरेका थिए । राजश्व जम्मा गर्दा पनि करचुक्ता नदेखिएपछि आन्तरिक राजश्व कार्यालय जुम्मामा फोन गर्दा बैकबाट जम्मा गरिएको राजश्व तत्काल देखाउने र आइपिएस बाट ४८ घण्टा पछि मात्र देखाउने बताएपछि ब्यवसायीहरुले कन्याक्ट आइपिएसबाट भन्दा बैकबाट राजश्व तिर्दा सहज हुने भएको छ । दर्गम क्षेत्रमा भरपर्दा र गुणस्तरिय प्रविधिको विकास तथा बिस्तार हुन नसक्दा यहाँका नागरिकले सास्ती खेप्नु परेको छ । सहज सेवाका लागि भन्दै आन्तरिक राजश्व कार्यालयले आफ्नो अनलाइन पोटलमै कन्याक्ट आइपिएस सेवा राखेको छ । कालीकोट र मुगुमा आन्तरिक राजश्व कार्यालय छैन । कालीकोट र मुगुका ब्यवसायीहरु राजश्व भुक्तानीका लागि जुम्ला जानु पर्छ । कालीकोट बाट जुम्ला जान एक दिन लाग्छ ।

भरत प्रसाद देवकाेटा

जन्मथलो कालीकोट सान्नीत्रिबेणी ३ भइ काठमाडौमा बसोबास गर्दै आउनु भएका भरत प्रसाद देवकोटा समसामुहिक बिषयमा लेख रचनाहरु लेख्ने गर्नु हुन्छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button