मिति:- १० श्रावण २०८१, बिहीबार | समय:-
कर्णाली प्रदेशताजाखबरमुख्य खबरराजनीति

साझा गठबन्धनका उम्मेदवार रावत बिजयी

कालीकोट– आइतबार भएको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा प्रदेश सभा सदस्यका लागि साझा गठबन्धनका उम्मेदवार दुर्ग बहादुर रावत १ हजार ६० को मतान्तरले बिजयी भएका छन् । ३५ हजार ३ सय ५१ मतदाता रहेको प्रदेश (क) बाट कुल खसेको १९ हजार ९ सय ३१ मत मध्य रावतले ९ हजार १२ मत प्राप्त गरेका छन् । रावतका निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका कुर्मराज शाहीले ७ हजार ९ सय ५२ मत प्राप्त गरेका छन् । कुल खसेको मत मध्य ७ सय २५ मत बदर भएका छन् ।
प्रदेश (क) को मत गणना कार्य खाँडाचक्र नगरपालिका १० सम्म पुग्दा प्रतिनिधि सभाका लागि साझा गठबन्धनका उम्मेदवार महेन्द्र बहादुर शाहीले ८ हजार ८ सय ४६ मत प्राप्त गरेका छन् । नेकपा एमालेका उम्मेदवार नगेन्द्र बहादुर शाही नेश्नलले ७ हजार ६ सय ६९ मत प्राप्त गरेका छन् । प्रदेश सभा निर्वाचन (क) को बाँकी मतगणना कार्य सुरु भएको छ

भरत प्रसाद देवकाेटा

जन्मथलो कालीकोट सान्नीत्रिबेणी ३ भइ काठमाडौमा बसोबास गर्दै आउनु भएका भरत प्रसाद देवकोटा समसामुहिक बिषयमा लेख रचनाहरु लेख्ने गर्नु हुन्छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button