![](http://newsredpanda.com/wp-content/uploads/2022/09/307960292_1119273588996129_1148589727090872708_n-780x470.jpg)
कालीकाेट नागरिक स्तरबाट ब्यापक गुनासो बढेपछि जिल्ला प्रशासन कार्यालय कालिकोटले सरोकारवाला संग आवश्यक छलफल थालेको छ । कर्णाली राजमार्गको मर्मत सुधारका लागि बुधबार जिल्ला प्रशासन कार्यालयले सरोकारवाला संग छलफल गरेको हो । छलफल कार्यक्रममा डिभिजन सडक कार्यालय जुम्ला,जिल्लाका राजनीतिक दल, जनप्रतिनिधि, नागरिक समाज, उद्योग वाणिज्य संघ, पत्रकार लगायत सरोकारवालाहरूको उपस्थिती रहेको बताइएको छ । कर्णाली राजमार्गको स्तर उन्नती तथा मर्मत सुधार लागि सबैको ध्यानाकर्षण भएको प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले बताउनु भयो । कार्यक्रममा जनस्तरबाट उठेका राजमार्ग सुधारका बिषयमा सबैले संयुक्त प्रतिवद्धता सहित महत्वपूर्ण निर्णयहरू भएको बताइएको छ ।