शिक्षकको तलबमै सकिन्छ दिवाखाजाको रकम

कालिकोट कालीकोटका २ सय ९४ वटा विद्यालयमा दिवाखाजाका लागि जाने बजेट शिक्षकको तलब भुक्तानीमै सकिने गरेको छ । कालीकोटमा एक सय विद्यालय शून्य दरबन्दीका छन् । एउटै दरबन्दी भएका विद्यालयमा निजी स्रोतका शिक्षक राख्नुपर्ने बाध्यताले दिवाखाजाको रकमले शिक्षकलाई तलवमा भुक्तानी गर्नु परेको छ । कालीकोटका ९ वटै स्थानीय तहका दिवा खाजामा एकरूपता छैन ।
अधिकांश विद्यालयले निजी स्रोतका शिक्षकको तलबमा खर्च गर्ने गरेका छन् भने दरबन्दी भएका विद्यालयले पनि नियमित खाजा खुवाउने गरेका छैनन् । कतिपयले भने नगद नै वितरण गर्ने गरेका छन् । सरकारले दलित छात्रवृत्ति, छात्रा छात्रवृत्ति, दिवा खाजाबापत बालबालिकाले प्रत्यक्ष पाउने रकम विद्यालय पठाउँछ । विद्यालयले दरबन्दी पूर्ति नभएको भन्दै पाठ्यपुस्तक र दिवा खाजाको रकम निजी स्रोतका शिक्षक पालनका लागि खर्च गरिरहेको छ ।
कालीकोटमा बर्सेनि झन्डै १५ करोड रुपैयाँ दिवा खाजाका लागि आउने गरेको शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख चन्द्रप्रसाद अधिकारीको बताउनु भयो । अधिकांश विद्यालयले दिवा खाजाको रकम शिक्षकको तलबमा खर्च गरिरहेको उनले बताए ।
Explore the ranked best online casinos of 2025. Compare bonuses, game selections, and trustworthiness of top platforms for secure and rewarding gameplaycasino.
Explore the ranked best online casinos of 2025. Compare bonuses, game selections, and trustworthiness of top platforms for secure and rewarding gameplayBonus offer.