मिति:- १२ श्रावण २०८१, शनिबार | समय:-
कर्णाली प्रदेशताजाखबरमुख्य खबरसमाचारस्थानीय

तिलागुफा सरकारका १०० दिन

बिशेषज्ञ सेवा सहित नगर अस्पताल संचालन देखि राजश्व प्रणाली सुधार सम्म

कालिकोट– तिलागुफा नगरपालिकाका उपप्रमुख महेन्द्र बहादुर शाहीले स्थानीय सरकार संचालनका एक सय दिनको उपलब्धी आज सामाजिक संजाल फेकबुक मार्फत सार्वजनिक गर्नु भएको छ । बिशेषज्ञ सेवा सहित नगर अस्पताल संचालन, चिल्खायाको टाम्का र नाग्मको बजेडी चौरमा एकिकृत नमुना बस्ती विकास र सडक पुर्वाधार विकास कार्य अगाडी बढाइएको उल्लेख गरिएको छ । यस सम्बन्धमा थप जस्ताकाे तस्तै तलको फेसबुक स्टाटसबाट वा तलकाे लिंकबाट हेर्नु होला ।

आज स्थानिय तह काे निर्बाचन भयर तिलागुफा नगरपालिका काे सरकार चलायकाे 100 दिन पुगेकाे छ । यस क्रममा सरकार संचालन गर्दा भित्र र बाहिर बाट सहयाेग गर्ने सम्पूर्णमा तिलागुफा नगरपालिका काे तर्फबाट धन्यवाद दिन चाहन्छु । साथै नगरपालिका संचालनका एक सय दिन मा गरेका केही महत्वपूर्ण कामहरू लाई निम्नासार छन् । १. तिलागुफा नगरपालिका काे अा.ब 2079/2080 काे नीति तथा कार्यक्रम पास गरेकाे छ । २. तिलागुफा नगर अस्पताल बिशेषज्ञ सेवा सहितकाे संचालन गरेकाे छ। ३. तिलागुफा नगर पालिका काे दुईटा ठाउँ चिल्खाया काे टाम्का र नाग्मकाे बजेडि चाैरमा एकीकृत नमुना बिकास बस्ति काे लागि सडक लगायकाे पुर्बाधार बिकास गरिदै छ । ४.तिलागुफा नगरपालिका का बस्तिहरू मा राष्ट्रिय बिद्धुत प्रसारण लाईन बिस्तार काे काम तिब्रता दिईरहेकाे छ । ४. तिलागुफा नगर पालिका मा छरियर रहेकाे बस्ति लुब्र , कामखेत र भात्तडिमा स्वास्थ्य ईकाई स्थापना सगै कार्यानयन गरिदैछ । ५. भैसे गाैडा चिल्खाया रूडु सम्म काे सडक लाई ग्रावेल गर्न टेण्डर गरियकाे छ । ६. तिलागुफा नगरपालिका मा संन्चार बाट पहुच पिराउन तिलागुफामा रहेका टेलिकम का टावर हरू संचालन गर्ने काम भइरहेकाे र नाग्म काे टावर केही दिनमै संचालनमा अाउदैछ । ७. न्यायिक समितिकाे कार्यालय ब्यवस्थापन गर्नु का साथै न्यायिक काम सम्पादन भयका छन् । 8. वडा का याेजना हरू काे सर्बे गराई सम्झाैता कार्य तिब्र भईरहेकाे छ । 9. दाेस्राे मेयर कप तथा महादेव मा.बि काे बार्षिक उत्सव सम्पन्न भयकाे छ । १०. नगर उप-प्रमुख सग निशुल्क स्वास्थ्य शिबिर संचालन कार्यक्रम सम्पन्न भयकाे छ ।
११. तिलागुफा नगरपालिका मा रहेका पानिका मुहान काे पहिचान गरि एक घर एक धारा निर्माण गर्ने उदेश्य का साथ रणनीतिक याेजना निर्माणकाे काम तिब्र गरियकाे छ ।
12. शिक्षामा गुणस्तर वृद्धि गर्न बिद्यालय अनुगमन लाई तिब्र गरियकाे छ ।
१३.शिक्षा क्षेत्र र कर्मचारी लाई काम काे पर्गति लाई तिब्रता दिन करार कार्यसम्पादन सम्झाैता गर्ने कामकाे सुरूवात भयकाे छ ।
१४. बाल बिवाहा बाल हिंसा न्युनिकरण गर्न बाल कल्व बाल संजाल र सराेकारवाला संग अन्तरक्रिया कार्यक्रम सम्पन्न ।
१५.बिपद जाेखिम न्युनिकरण पर्तिकार्य याेजना तयारि गरियकाे छ ।
१६. शिक्षा सग नगर प्रमुख कार्यक्रम सुरू गरिएकाे छ ।
१७. गरिबी निबारण तथा स्वास्थ्य सग उप-प्रमुख कार्यक्रम सुरू गरिएकाे छ ।
१९ एक घर एक सुधारियकाे चुलाे बितरण कार्यकाे थालनि गरिएकाे छ ।
२०. बिपद बाट पिडित का परिवारका 32 घर निर्माण गर्ने कार्यकाे थालिनि भएकाे छ ।
२१. सुनाैला हजार दिनका अामा हरू लाई पाेषण युक्त खाने कुरा बितरण गरिएकाे छ ।
२२. कृषक समूह हरू लाई पाल तथा रेनकाेट बितरण गरिएकाे छ ।
२३. स्वास्थ्य संस्था सुधार गर्न स्वास्थ्य नीति तथा नगर अस्पताल संचालन कार्यबिधि निर्माण गरिएकाे छ ।
२४. नगर उप-प्रमुख सग स्वास्थ्य कार्यक्रम कार्यबिधि निर्माण गरियकाे छ ।
२५. स्वास्थ्य उपाचार गर्न नसक्ने परिवार लाई स्वास्थ्य बिमा नगरपालिका ले गरिदिने अभियान सुरू भएकाे छ ।
२७. न्यायिक समिति काे कार्यक्षेत्रमा पर्ने कानुनि कुरा लाई जानकारि दिन नगरमा रहेका प्रहरी चौकिमा रहेका प्रहरी र सराेकारवाला बिच अन्त्रकिर्या कार्यक्रम सम्पन्न भयकाे छ ।
२८. बालि बाट छाप्रे जाने बाटाे पिसिसि का दागि सर्बे भयकाे छ ।
२९. बालिमा रहेकाे सार्बजनिक साैचालय मर्मत कार्य भयकाे छ ।
३०. नगर अस्पताल र स्वास्थ्य संस्थाका लागि कर्मचारी का लागि करार भर्ना का लागि सुचना गरियकाे छ।
३१ . ढाडखाेला लघुजलबिद्दुत अायाेजना मर्मत गरि सुचारू भयकाे छ।
३२ .जुबिथा बालचाैर स्थित नगर स्तरिय रंगशाला निर्माण कार्य तिब्र पारियकाे छ ।
३३. सामाजिक सुरक्षा भत्ता का लागि बृद्ध, एकल महिला, अपांग हरूकाे एक मुष्ट खाता संचालन नगरपालिका ले खाेलि दिएकाे छ ।
३४. कर्मचारी हरूकाे निगरानि गर्न सिसि क्यामरा काे ब्यवस्थापन गरियकाे छ ।
३५. सेवाग्राहीहरू लाई गुनासाे सुनुवाई बेन्च काे ब्यबस्थापन गरिएकाे छ ।
३६. तिलागुफा नगरपालिका भात्तडिमा माहबै मन्दिरकाे उद्घाटन गरिएकाे छ ।
३७. तिलागुफा नगरपालिका वडा नम्बर ११ काे काम्खेतमा एक घर एक साेलार बितरण गरिएकाे छ ।
३८. तिलागुफामा रहेका बिद्यालय का कर्मचारी ,ECD सका , नगर अनुदान शिक्षक काे तलव बृर्दि गरिएकाे छ ।
३९. महादेव मा.बि फाेईकाेट काे फिल्ड निर्माण कार्य सम्पन्न भएकाे छ ।
४०. प्रधानमन्त्री राेजगार सह संयाेजक बिज्ञापन गरिएकाे छ ।
४१. तिलागुफा नगरपालिका वडा नम्बर 8 काे चियानिमेला पहिराे नियन्त्रण र जुबिथा पहिराे नियन्त्रण का लागि सर्बे गरियकाे छ।
४२. अन्य नियमित हुने काम हरू लगायत विभिन्न बिकासका काम लाई निरन्तरता दिईएकाे छ ।
४३. तिलागुफा नगरपालिका काे पहिचान सहितकाे लाेगाे निर्माण गरि संचान भयकाे छ ।
४५. तिलागुफा नगरपालिका समृद्धि बनाउन सहयोग गर्ने सहयाेगि संघ संस्था हरू सग समन्वय सहकार्य का लागि छलफल लाई निरन्तरता दिईदै अायकाे छ ।
४६. नगरपालिका काे राजस्व सुधार निर्माण गर्न राजस्व सफ्टवेयर निर्माण गरि अनलाईन राजस्व संचालन गरियकाे छ ।
४७.वन तथा वातावरण मन्त्रालय अन्त्रगत नेपाल जलवायु परिवर्तन कार्यक्रमसंग सम्झाैता गरिएकाे छ ।
महेन्द्र बहादुर शाही
उप-प्रमुख
तिलागुफा नगरपालिका को कार्यालय
गाल्जे, कालिकाेट

 

https://www.facebook.com/shahi.mahendra.5851

सराेज अधिकारी

सरकारी सेवामा कार्यरत सरोज अधिकारी पर्यटन र साहित्यमा रुचि राख्नु हुन्छ ।

Related Articles

One Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button