मिति:- १३ बैशाख २०८२, शनिबार | समय:-
कर्णाली प्रदेशताजाखबरमुख्य खबरसमाचार

खाँडाचक्र नगरपालिकामा करार कर्मचारीले गरे तालाबन्दी

कालीकाेट– खाँडाचक्र नगरपालिकामा कार्यरत करार कर्मचारीले तालाबन्दी गरेका छन् । ९ महिनादेखि तलब नपाएको भन्दै करार र ज्यालादारीमा कार्यरत कर्मचारीले कार्यालयमा तालाबन्दी गरेका हुन् ।

२०८१ साउनदेखि वडा कार्यालय र नगरपालिकाको निर्देशनमा काम गरे पनि ९ महिनादेखि तलब नपाएको भन्दै नगरपालिका र वडा कार्यालयमा कार्यरत कार्यालय सहायक, सामाजिक परिचालक,पशु प्राविधिक आन्दोलनमा उत्रिएका हुन् । आवश्यकता भन्दा बढी भर्ना गरिएका खाँडाचक्र नगरपालिका करार कर्मचारीहरूलाई तलब भत्ता खुवाउन मुस्किल पर्दै आएको छ।

नगरपालिकाको कार्यालयमा तालाबन्दी भएपछि कार्यालय भित्र निमित्त प्रमुख प्रशासकीय अधिकृत देव किरण बुढा लगाएतका केही कर्मचारी समेत थुनिएका छन् । सर्वसाधारणको कामकाज नै ठप्प भएको छ। नगरपालिकामा काम लिएर पुगेका सेवाग्राहीहरू भने निराश भएका छन्। आन्दोलन गर्नु रहर नभई बाध्यता भएको करार कर्मचारीले बताएका छन् ।
खाँडाचक्र नगरपालिकामा तालाबन्दी हुदा कार्यालयमा, केही कर्मचारी समेत थुनिएका छन् ।

मनिराज पाण्डे

पत्रकार मनिराज पाण्डे कालीकोटमा बसेर लामो समय देखि सूचना, संचार, प्रविधि र विकासका बिषयमा समाचार लेख्नु हुन्छ ।

Related Articles

Back to top button
error: Content is protected !!

Adblock Detected

Please, off your Ad Blocker