मिति:- १ कार्तिक २०८१, बिहीबार | समय:-
ताजाखबरमुख्य खबरसमाचारस्थानीय

कालीकाेटलाई पूर्णखोप सुनिश्चितता जिल्ला घोषणा

कालीकोट- कर्णाली प्रदेशकाे कालीकाेट जिल्लालाई पूर्णखोप सुनिश्चितता जिल्ला घोषणा गरिएको छ । कालीकोटका नौवटै पालिकालाई पूर्णखोप सुनिश्चित पालिका घोषणा गरिएपछ्रि जिल्लालाई पनि बिहीबार एक कार्यक्रमका बीच पूर्णखोप सुनिश्चित जिल्ला घोषणा गरिएको हो । पूर्णखोप सुनिश्चितता, हाम्रो प्रतिबद्धता भन्ने मूल नाराका साथ स्वास्थ्य सेवा कार्यालय कालीकोटको आयोजनामा घोषणा सभा गरिएको छ ।
जन्मिएदेखि ५९ महिनाको उमेरभित्र सबै खोप पूरा गरेको आधारमा सुनिश्चितता घोषणा गरिएको जिल्ला समन्वय समिति कालीकोटका प्रमुख तथा जिल्ला खोप समन्वय समिति अध्यक्ष धनजीतबहादुर शाहीले बताउनु भयो । बालबालिकाका लागि नेपाल सरकारले निःशुल्क उपलब्ध गराउने सम्पूर्ण खोप लगाइएको शाहीले बताउनुभयो ।

खोप कार्यक्रमले बाल मृत्युदर घटाउन, रुग्णता दर घटाउन र अपांगता हुनबाट जोगाउन सफल भएको स्वास्थ्यकर्मीहरुले बताएका छन् । हरेक वर्ष माघ, फागुन र चैत महिनामा घरधुरी सर्वेक्षण गरेर खोज र खोप अभियान सञ्चालन गरी खोप छुटेका बालबालिकालाई खोप लगाउने गरिएको स्वास्थ्य सेवा कार्यालय कालीकोटका जनस्वास्थ्य अधिकृत तथा सूचना अधिकारी कटक महतले बताउनुभयो ।

१६ देखि ५९ महिनाका बालबालिकाहरुले १५ महिनाको उमेर भित्र पाउने सबै खोप पाएको सुनिश्चित गरेपछि वडाले प्रमाणिकरण गर्ने गर्छ ‘उहाँले भन्नुभयो’ २०७९ असार ३० गते कालीकोटलाई ंपहिलो पटक पूर्णखोप सुनिश्चित तथा दिगोपना जिल्ला घोषणा गरिएको थियो भने यो दोस्रोपटक हो ।

पूर्णखोप सुनिश्चितता घोषणा कार्यक्रमको औपचारिक घोषणा जिल्ला समन्वय समिति प्रमुख तथा जिल्ला खोप समन्वय समिति अध्यक्ष धनजीत शाहीले गर्नुभएको बताइएको छ । उक्त अवसरमा समन्वय समितिका उपप्रमुख मिना रावत (बिक), प्रमुख जिल्ला अधिकारी गणेश नेपाली, महाबै गाउँपालिकाका अध्यक्ष खेम सिंह, खाँडाचक्र नगरपालिकाका उपप्रमुख गणेश शाही, पत्रकार महासंघ कालीकोटका अध्यक्ष भरतराज बिष्ट लगायतको सहभागी रहेको थियो ।

सुनिश्चितता कार्य सफल बनाउन उल्लेख्य भुमिका निर्वाह गर्ने जिल्लाका नौवटै पालिका र पालिकाको स्वास्थ्य शाखामा कार्यरत कर्मचारीहरुलाई प्रशंसापत्र दिइएको छ । उक्त अवसरमा सहभागीले पूर्णखोप सुनिश्चितता जिल्ला घोषणा तथा दिगोपनाको लागि सामुहिक प्रतिबद्धतापत्रमा हस्ताक्षर गरेका छन् ।

 

न्युज रेडपाण्डा

सूचना संचार र प्रविधिका क्षेत्रमा आमनागरिकको पहुँच अभिबृद्धी गर्ने उदेश्यले कर्णाली हिमाल खबर प्रा.लि. द्धारा संचालनमा ल्याइएको न्युज रेडपाण्डा एक अनलाइन समाचार पोटल हो ।

Related Articles

Back to top button

Adblock Detected

Please, off your Ad Blocker