कर्णाली प्रदेशताजाखबरमुख्य खबरसमाचार
जुम्लाकाे हिमामा अटो दुर्घटना हुँदा दुई जनाको मृत्यु

जुम्ला- जुम्ला जिल्लाको हिमा गाउँपालिका १ स्थित बड्कीमा अटो दुर्घटना भएको छ । अटो दुर्घटना हुँदा हिमा १ का अटोचालक ४५ वर्षीय पदम शाही र सोही वडाका ४२ वर्षीय बली रोकायाकाे घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी उमेश चन्दले जानकारी दिनु भयाे ।
भे १ ह ३१९७ नम्बरको अटो नाग्मबाट हिमा गाउँपालिका १ देवारगाउँ जाँदै गरेको अवस्थामा आइतबार बिहान हिमा १ बड्कीमा दुर्घटना भएको हाे । दुर्घटनामा परी सोही ठाउँका अन्दाजी ४१ वर्षका नन्द रोकाया घाइते भएका छन् । घाइतेलाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाएको प्रहरीले जनाएको छ ।
Explore the ranked best online casinos of 2025. Compare bonuses, game selections, and trustworthiness of top platforms for secure and rewarding gameplayBonus offer.
Explore the ranked best online casinos of 2025. Compare bonuses, game selections, and trustworthiness of top platforms for secure and rewarding gameplaycasino slot machine.