गाउँपालिका अध्यक्ष सिंहका छोरा छोरी सरकारी बिद्यालयमा भर्ना

कालीकोट– महावै गाउँपालिका अध्यक्ष खेमबहादुर सिंहले आफ्ना छोरा छोरीलाइ सरकारी बिद्यालयमा भर्ना गरेका छन् । गाउँपालिकाले केही समय पहिला गाउँपालिकाका जनप्रतिनिधि,कर्मचारी, शिक्षक र अन्य सरोकारवालाका छोराछोरी अनिवार्य सरकारी बिद्यालयमा भर्ना गराउने निर्णय गरेको थियो । सोहि निर्णयका आधारमा गाउँपालिका अध्यक्ष सिंहले डिभिनिकेतन सुर्खेतमा कक्षा ८ पढ्दै गरेकी छोरी अस्मीता सिंह र कक्षा ४ पढ्दै गरेका छोरा अस्बिन सिंहलाई महाबैको तिला नमुना माविमा भर्ना गरिएको अध्यक्ष सिंहले बताउनु भयो ।
गाउँ कार्यपालिकाको निर्णय अनुसार शिक्षक दिनेश बहादुर शाही, बिद्यालय निरिक्षक मदन बहादुर शाही, गाउँपालिका प्रबक्ता शिवराज जैसीले पनि आफ्ना छोरा छोरी गाउँकै सरकारी बिद्यालयमा भर्ना गरेका छन् । अध्यक्ष सिंहले निजि बोडिङबाट छुटाएर सरकारी बिद्यालयमा भर्ना गरेका हुन ।
हुने खानेका छोराछोरी शहर बजारका निजि बोडिङ स्कुलमा पढाउने गाउँका बिपन्न परिवारका बालवालिका मात्र पढाउने गरेपछि शैशिक गुणस्तर खस्किदै गएको अध्यक्षको ठहर छ । महावैमा गाउँपालिकाको यो निर्णय सामुदायिक बिद्यालयको अवस्थामा परिवर्तन आशा गरिएको छ ।