कर्णाली प्रदेशका वडामा दश प्रतीशत मात्र पुर्ण बिद्युतीकरण
कालीकोट– कर्णाली प्रदेशका ७ सय १८ वडाहरु मध्य ७० वडा अर्थात दश प्रतिशत वडाहरुमा मात्र पुर्ण बिद्युतीकरण भएको पाइएको छ । नेपाल बिद्युत प्राधिकरण प्रादेशिक कार्यालय सुर्खेतका अनुसार ४ सय १७ वडा अर्थात ६६ प्रतिशतवडामा आंशिक बिद्युतीकरण पुगेको छ । त्यस्तै कर्णाली प्रदेशका १ सय ७७ वडा अर्थात २५ प्रतिशत वडाहरुमा अझै बिद्युत पुग्न सकेको छैन । बिद्युतीकरण नभएका कर्णालीका १ सय ७७ वडा कार्यालयहरुले सोलारको भरमा नागरिकलाइ दैनिक सेवा प्रवाह गर्दै आएका छन् । सुर्खेत पुन्चपुरी नगरपालिका १ र ७, चौकुने गाउँपालिका १,२,३,४ र ५ बराहाताल गाउँपालिका ३,४ र ६ सल्यानको वनगाडकुपिण्डे नगरपालिका १२ जागरकोटको छेडागाड नगरपालिका २,३,४,७,८,९ र १० त्रिबेनीनलगाड नगरपालिका ९ र १३ कुसेगाउँपालिका वडा नं. ५ बाहेका ८ वडामा बिद्युतीकरण हुन सकेको छैन् । त्यस्तै जुनिचाँदे गाउँपालिकाको वडा नं ५ बाहेका १० वडा, बारेकोट गाउँपालिका ८ र ९ बाहेका ७ वडामा पनि बिद्युतीकरण भएको छैन । कालीकोटको पचालझरना गाउँपालिका २ महाबैगाउँपालिका ५ जुम्ला कनकासुन्दरी गाउँपालिका १,२,४ र ८ सिन्जा गाउँपालिका १,२,४ र ६ हिमा गाउँपालिका ३ र ६, तीलागाउँपालिका ६, ८ र ९, गुठीचौर गाउँपालिका १ र २ वडामा बिद्युतीकरण भएको छैन ।
डोल्पाका डोल्पोबुद्ध, सेफोक्सुण्डो, जगदुल्ला,मुड्केचुला,काइके र छार्काताङसोङ्ग गाउँपालिकाका ४३ वडा, रुकुमपश्चिमको सानीभेरी १० र ११ दैलेख आठबिस नगरपालिका २, ५ र ९ ठाँटीकाँध ४ हुम्लाको नाम्खा २,३,४,५ र ६ खार्पुनाथ २ र ३ सर्केघाट गाउँपालिकाका ८ वडा, चंखेलीगाउँपालिकाका ६ वडा, अदानचुली गाउँपालिकाका ६ वडा र ताजाकोट गाउँपालिकाका ५ वडामा समेत बिद्युतीकरण हुन सकेको छैन ।
मुगुको छाँयानाथरारा नगरपालिका ९, १० र ११ मुगुमकार्मारोङ गाउँपालिकाका ९ वटैवडा सोरुगाउँपालिकाका ११ वटैवडा र खत्याडगाउँपालिकाका ११ वटैवडामा बिद्युतीकरण हुन सकेको छैन । यी स्थानीयतहहरुमा बिद्युतीकरणको अभावमा बिद्युतीय माध्यमबाट गर्नु पर्ने कामकाज हुन सकेका छैनन् ।