मिति:- २७ भाद्र २०८१, बिहीबार | समय:-
ताजाखबरमुख्य खबरसमाचारसमाजस्थानीय

कर्णाली राजमार्ग अवरुद्ध

कालीकोट- पहिरोले कर्णाली राजमार्ग अवरुद्ध भएको छ । गए राति सुर्खेत–जुम्ला सडकखण्ड अन्तर्गत कालीकोटको राँचुली, मोल्फा र फुर्केमा आएको पहिरोले सडक अवरुद्ध भएको हो । शनिबार बिहानै देखि पहिरो हटाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ ।

राँचुली, मोल्फाल गायत स्थानमा सानाठूला पहिरो जाँदा सडक अवरुद्ध भएपछि जुम्ला र मुगुबाट सुर्खेत, नेपालगञ्ज काठमाडौँतर्फ चल्ने सवारीसाधन बीच बाटोमै रोकिँएका छन् । अवरुद्ध भएको ठाउँमा पहिरो पन्छाउने काम सकिएपछि कर्णाली राजमार्ग सञ्चालनमा आउने बताइएको छ ।

https://www.adbl.gov.np/

न्युज रेडपाण्डा

सूचना संचार र प्रविधिका क्षेत्रमा आमनागरिकको पहुँच अभिबृद्धी गर्ने उदेश्यले कर्णाली हिमाल खबर प्रा.लि. द्धारा संचालनमा ल्याइएको न्युज रेडपाण्डा एक अनलाइन समाचार पोटल हो ।

Related Articles

Back to top button