मिति:- १२ श्रावण २०८१, शनिबार | समय:-
कर्णाली प्रदेशताजाखबरमुख्य खबरसमाचारस्थानीय

बृहत खानेपानी आयोजनाको पानी ट्याङ्कीमा खसालीयो

कालीकोट– चुलीमालिका बृहत खानेपानी आयोजनाको पानी जिल्ला सदरमुकाम मान्ममा रहेको खानेपानी ट्याङ्कीमा खसालीएको छ । २०७८ सालबाट निर्माण सुरु गरिएको आयोजनाको पानी शुक्रबार सदरमुकाममा रहेको ट्याङ्कीमा खसालीएको हो । सदरमुकाम मान्ममा १ लाख २५ हजार लिटरका २ वटा, ५० हजार लिटरका २ वटा, ४० हजार लिटरको १ वटा र २५ हजार लिटरको १ वटा गरि जम्मा ६ वटा ट्याङ्की रहेका छन् ।

१३ करोड ७१ लाख २९ हजार बजेटमा निर्माण गरिएको आयोजनाको मुख्य पाइपलाइन लम्बाई १० किलोमिटर भन्दा बढी रहेको पराजुली कन्ट्रक्सन प्रा.ली.का साइट सुपरभाइजर मान बहादुर थापाले बताउनु भयो । खानेपानीको चरम अभाव हरेको सदरमुकाम मान्म बजारमा पानी पुगेपछि बजारबासी खुशी देखिएका छन् । खानेपानी सदरमुकाममा पुगेपनि घरघरमा खानेपानी उर्याउने काम गर्न अझै केहि समय लाग्ने थापाले बताउनु भयो ।

 

न्युज रेडपाण्डा

सूचना संचार र प्रविधिका क्षेत्रमा आमनागरिकको पहुँच अभिबृद्धी गर्ने उदेश्यले कर्णाली हिमाल खबर प्रा.लि. द्धारा संचालनमा ल्याइएको न्युज रेडपाण्डा एक अनलाइन समाचार पोटल हो ।

Related Articles

Back to top button