मिति:- २६ बैशाख २०८२, शुक्रबार | समय:-
कर्णाली प्रदेशताजाखबरमुख्य खबरराजनीतिसमाचारस्थानीय

अनेम संघ क्रान्तिकारीकाे नयाँ नेतृत्व चयन

कालीकोट- नेकपा माओवादी निकट अखिल नेपाल महिला संघ क्रान्तिकारी कालीकोटको तेस्रो जिल्ला भेलाबाट सलिना खड्काको संयोजकत्वमा १ सय १ सदस्यीय नयाँ नेतृत्व चयन भएको छ । लैंगिक असमानताविरुद्ध क्रान्तिकारी महिला, सुशासन र समावेशीकरणको पक्षमा तेस्रो जिल्ला भेला, भन्ने नाराका साथ सुरु भएकाे भेलाले सहसंयोजकमा सृजना शाही र सचिवमा अलैपुरा हमाललाई सर्वसम्मत चयन गरेको छ ।

संगठनका केन्द्रीय उपाध्यक्ष टीका बुढाको प्रमुख आतिथ्यतामा उदघाटन् भएको भेलाले जिल्लाभर संगठन विस्तार तथा परिचालन, उद्यमशीलता विकास, क्षमता अभिवृद्धिसहितको कार्य योजना बनाएको छ । भेलाले स्थानीय तहको चुनावमा माओवादीको तर्फबाट निर्वाचित भएका पूर्व र वर्तमान गाउँपालिका उपाध्यक्ष तथा नगर उपप्रमुखलाई सम्मान गरेको छ ।

न्युज रेडपाण्डा

सूचना संचार र प्रविधिका क्षेत्रमा आमनागरिकको पहुँच अभिबृद्धी गर्ने उदेश्यले कर्णाली हिमाल खबर प्रा.लि. द्धारा संचालनमा ल्याइएको न्युज रेडपाण्डा एक अनलाइन समाचार पोटल हो ।

Related Articles

Back to top button
error: Content is protected !!

Adblock Detected

Please, off your Ad Blocker