
कालीकाेट- खाँडाचक्र नगरपालिकाको जनजीवन माद्यामीक बिद्यालय ताडीमा शुक्रबारबाट सुरु भएकाे पाँचौँ नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड तथा प्रथम मेयर कपकाे उपाधी कर्णाली मावि रेङ्गगिलले हात पारेकाे छ । सन्चालन गरिएका ३० वटा खेलकुदमा बिद्यालयले १० स्वर्ण प्रथम, ५ रजत दृितिय र १२ कास्य तृतीय गरि २७ वटा स्थान हात पारेकाे छ । राष्ट्रका लागि खेलकुद ,स्वास्थ्यका लागि खेलकुद भन्ने मुख्य नाराका साथ खेलकुद कार्यक्रमको सुरु गरिएको थियाे ।
खेलकुद प्रतियोगितामा पुरुष भलिबल, महिला भलिबल, हाइजम्प, लमजम्प, कबड्डी, रिले दौड, छोटो दौड, लामो दौड, सटफुट, ज्याप्लिंग थोरो लगायतका खेलहरु सञ्चालन गरिएका थिए।
खेलकुद प्रतियोगितामा खाँडाचक्र नगरपालिका भित्र रहेका ११ वटा विद्यालयका खेलाडी बिद्याथीहरुले भाग लिएका थिए ।