मिति:- ९ श्रावण २०८१, बुधबार | समय:-
कर्णाली प्रदेशताजाखबरमुख्य खबरशिक्षासमाचार

अज्ञात रोगले एकको मृत्यु, ५१ जना बिद्यार्थी बिरामी

कालीकोट– रुडुमा अज्ञात रोगले कक्षा ६ मा अध्यायनरत कर्मा थापाको मृत्यु भएको छ । त्यहाँको बिद्यालयमा अध्यायनरत ५१ जना बिद्याथी बिरामी परका छन् । तिलागुफा नगरपालिका १० मा हरेको महादेव माध्यामिक बिद्यालयमा एक हप्ता अघि देखि बिद्यार्थी विरामी पर्ने थालेको बिद्यालयका प्रधानाध्यापक भरत बहादुर सिंहले बताउनु भयो ।

इसिडीका १३ जना र कक्षा ५ का १६ जना बिद्यार्थीको अनुहार सुनिएपछि कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान जुम्लामा उपचार भइरहेको शिक्षक धर्मनन्द्र कोइरालाले बताउनु भयो । कक्षा ३ का १८ जना बिद्यार्थीले कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचार गराइरहेका छन् । बिद्यार्थीलाई ज्वरो आउने, टाउको दुख्ने, अनुहारमा दाग देखिने र हातखुट्टा सुनिने समस्या आएको शिक्षक कोइरालाले बताए । बिद्यालयमा बिद्यार्थी बिरामी परेको सूचना प्राप्त भएकाले आजै स्वास्थकर्मीको टोली प्रभावित क्षेत्र तर्फ जाने तयारी गरिरहेको स्वास्थ्य सेवा कार्यालय कालीकोटका निमित्त स्वास्थ्य सेवा ब्यवस्थापक डाक्टर संकेत बिश्वकर्माले बताउनु भयो ।

भरत प्रसाद देवकाेटा

जन्मथलो कालीकोट सान्नीत्रिबेणी ३ भइ काठमाडौमा बसोबास गर्दै आउनु भएका भरत प्रसाद देवकोटा समसामुहिक बिषयमा लेख रचनाहरु लेख्ने गर्नु हुन्छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button