कर्णाली प्रदेशताजाखबरमुख्य खबरसमाज
मुगुमा आगलागी दुई जनाका मृत्यु, तीन घर जल

कालीकाेट- मुगु जिल्लाको खत्याड गाउँपालिका २ गोडेखोलामा आगलागी हुँदा दुई जनाको मुत्यु भएको छ । आगलागी बाट तीन घर जलेका छन् । आइतबार राती घरमा आगलागी हुँदा लालके संज्याल, दिपक संज्याल र सन्दिप संज्यालको घर पुर्ण रुपमा क्षेती भएको वडा अध्यक्ष हेमराज मल्लले जानकारी दिनु भयो । आगलागीबाट लालके संज्यालका छोरा बर्ष १४ का बिशाल सज्याल र छोरी बर्ष १२ की झरना सज्यालको मृत्यु भएको छ । राती लागेको आगो स्थानीयको सहयोगमा सोमबार बिहान नियन्त्रणमा लिइएको छ । प्रहरी चौकी श्रीकोट र रातापानीबाट अहिले प्रहरी घटना स्थल पुगेको छ ।