प्रथम कालीकोट महोत्सव मंगलबारदेखि मान्म बजारमा सुरु, महोत्सव सात दिन सम्म चल्ने
स्थानीय उद्पादन, कला सस्कृती र साहित्य मुख्य आक्रषक

कालीकोट : खाँडाचक्र नगरपालिकाकाे मान्म बजारमा मंगलबारदेखि प्रथम कालीकोट महोत्सव सुरु भएको छ। समृद्ध कालीकोट प्रमुख विकासको आधार, कृषि पर्यटन संस्कृति उद्योग र पूर्वाधार भन्ने मूल नाराका साथ प्रथम कालीकोट महोत्सव उद्घाटन गरिको हो।
महोत्सव उद्घाटन गर्दै कर्णाली प्रदेश उद्योग पर्यटन वन तथा वातावरण मन्त्री माननीय सुरेश अधिकारीले कर्णाली प्रदेशमा रहेका पर्यटकीय क्षेत्रको प्रचार प्रसारमा महोत्सवले महत्त्वपूर्ण सहयोग पुग्ने बताउनु भयाे। अधिकारीले भन्नु भयाे, ‘समृद्ध कालीकोट बनाउन कृषि, पर्यटन, संस्कृति, उद्योग र पूर्वाधारका क्षेत्रमा राज्यले लगानी गरेको छ। यो महोत्सवले यहाँका किसानहरूले उत्पादन गरेका रैथाने अन्नबालीको प्रचार गर्नुका साथै निर्यात गरी व्यवसायमा वृद्धि गर्ने छ।’
कालीकोटमा गरिएको प्रथम महोत्सवले देशमा खस्किँदो अवस्थामा रहेका अर्थतन्त्र र आन्तरिक व्यापार ब्यवसायमा सुधार ल्याउने उद्योग वाणिज्य संघ कर्णाली प्रदेशका अध्यक्ष पदमबहादुर शाहीले बताउनु भयाे । कर्णालीका सम्पूर्ण व्यापारीहरूको हकहितका लागि काम गर्ने उद्योग वाणिज्य संघले प्रदेशका विभिन्न जिल्लामा महोत्सवको आयोजना गरी कृषि पर्यटन, संस्कृति उद्योग र पूर्वाधारमा लगानी बृद्धी गर्ने शाहीले बताउनु भयाे ।
माननीय दुर्गाबहादुर रावतले कर्णालीको विकासका लागि राज्य अझै गम्भीर नभएको आरोप लगाउनु भयाे । रावतले भन्नु भयाे, ‘कर्णालीमा रारा, पँचालझरना, बडिमालिका, से-फोक्सुन्डो ताल जस्ता धेरै पर्यटकीय सम्भावना बोकेका क्षेत्रहरू छन् तर सरकारले यसको संरक्षणमा ध्यान दिएको छैन। कर्णाली प्रदेश अझै दोस्रो दर्जाको प्रदेशमा रूपमा राखेर बजेट विनियोजन गर्ने प्रचलन कायमै छ । कर्णाली जल जंगल र जडिबुटीले आत्मनिर्भर छ। राज्यले यदि कर्णालीमा लगानी केन्द्रित गरी आन्तरिक तथा बाह्य पर्यटकहरूको आवागमन बढाउन सकेकाे खण्डमा समृद्ध कर्णालीकाे पहिलाे खुट्कीला सुरु हुने छ ।
उद्घाटनमा सासद दक्षिणा शाहीले नेपाली भाषाको उत्पत्ति भएको कर्णालीमा विभिन्न संस्कृतिले भरिपूर्ण भएको बताउनु भयाे ।
महोत्सवमा कर्णालीका दश वटै जिल्ला र छिमेकी जिल्ला, बाजुरा, अछाम, डोटी, कैलालीबाट दर्शकको उपस्थिति हुने देखिन्छ। एक हप्ता सम्म सञ्चालन हुने महोत्सवमा स्थानीय तथा राष्ट्रिय कलाकारहरूको उपस्थिति रहने उद्योग वाणिज्य संघ कालीकोटका अध्यक्ष रतनबहादुर शाहीले बताउनु भयाे।