प्रमुख प्रशासकीय अधिकृत पठाइ दिन प्रजिअकाे अनुराेध

कालीकोट– खाँडाचक्र नगरपालिकामा चार महिना देखि प्रमुख प्रशासकीय अधिकृत नभएकाले तत्काल प्रमुख प्रशासकीय अधिकृत पठाइ दिन हुन मगलबार प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईले अनुराेध गर्नु भएकाे छ । भट्टराईले संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा फाेन गर्दै भन्नु भयाे यहाँ लामाे समय देखि प्रमुख प्रशासकीय अधिकृत नहुँदा सामाजिक सुरक्षा भत्ता, कर्मचारी तलव, बिकासी याेजनाकाे भूक्तानी लगाएका कामहरु राेकीए छन्, तत्काल निमानुसार काम गर्न सक्ने प्रमुख प्रशासकीय अधिकृत पठाइदिनु पर्याे ।
संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अबिराज शाहीलाई कार्तिक ३० गते दिएकाे आर्थिक तथा प्रशासनिक कार्य गर्ने जिम्मेवारी मंसिर ११ गते रद्द गरिदिए पछि खाँडाचक्र नगरपालिका प्रमुख प्रशासकीय अधिकृत बिहिन बनेकाे हाे । अहिले सम्म नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत नहुँदा कुनै पनि आर्थिक कारोवार हुन सकेको छैन ।
मन्त्रालयले पुस २३ गते संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अतिरिक्त समुहमा रहेका सावन कुमार चौधरीलाई खाँडाचक्र नगरपालिकामा सरुवा गरे पनि अझै हाजिर भएका छैनन् । चौधरी नेपाल प्रशासन सेवा सामान्य प्रशासन समुह रा.प तृतिय श्रेणीका शाखा अधिकृत हुन् । जिल्ला सदरमुकाम रहेकाे नगरपालिकामा लामाे समय सम्म प्रमुख प्रशासकीय अधिकृत नहुनु दुखद भएकाे नागरिककाे गुनासाे छ ।