
कालीकोट– पहिलाे र दाेस्राे चरणमा सुरु गरिएकाे एचपीभी खोप अभियान अन्तर्गत खाेप लगाउनेकाे सख्या ७ हजार २ सय १७ पुगेकाे छ । स्वास्थ्य सेवा कार्यालय कालीकोटका सूचना अधिकारी कटक महतका अनुसार पाठेघरको मुखको क्यान्सर बिरुद्ध किशोरीलाई एचपीभी खोप लगाउने कार्य २२ गते बाट सुरु भएकाे थियाे । कक्षा ६ देखि १० सम्मका बिद्यालय जाने छात्रा र १० बर्ष देखि १४ बर्ष उमेर समुहका बिद्यालय नजाने छात्राहरुलाई पाठेघरको मुखको क्यान्सर बिरुद्धको खोप लगाउने अभियान देश भर सुरु भएकाे छ ।
पहिलो चरण अन्तरर्गत माघ २२ गते देखि २४ गते सम्म रास्कोट नगरपालिका, पलाँता, पचालझरना र सान्नीत्रिणेणी गाउँपालिकामा एचपिभी खोप अभियान संचालन भएकाे थियाे । त्यस्तै दाेस्राे चरण अन्तरगत नरहरीनाथ गाउँपालिका, शुभकालीका गाउँपालिका र खाँडाचक्र नगरपालिकामा खाेप लगाइएकाे छ ।
तेस्रो चरणमा तिलागुफा नगरपालिका र महाबै गाउँपालिकामा फाल्गुण ४ गते देखि ६ गते सम्म खोप संचालन हुने भएको छ । खोप कार्यक्रम संचालनका लागि १ सय ५२ स्वास्थ्य कर्मी र ३ सय ४ जना स्वयमसेवक फिल्डमा खटेका छन् । जिल्लाका १ सय ५२ वटा खोप केन्द्रहरु बाट ९ हजार २ सय ३८ किशाेरीलाइ एचपीभी खोप लगाउने लक्ष्य रहेकाे छ ।