
कालीकोट–रास्कोट नगरपालिकाले घर–घरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालको छ । दशै तिहार नजिकिदै गर्दा रास्कोट नगरपालिका नगरप्रमुख धर्मराज शाही, प्रमुख प्रशासकीय अधिकृत जवानसिंह वम र वडाध्यक्षले घरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्नु भएको हो ।
यस आर्थिक बर्षको पहिलो किस्ता सामाजिक सुरक्षा भत्ता अशक्त र वृद्धवृद्धाहरुले हातमै पाएका छन । वुधवार नगरपालिकाको ९ र ८ वडाका स्थानीय बासिन्दाले सामाजिक सुरक्षा भत्ता घरमै पाएका हुन् ।
सामाजिक सुरक्षा भत्ता लिनका लागि नगरपालिकाको कार्यालय पुग्नु पर्ने बाध्यताको अन्त्य गर्न नगरपालिकाले बैक संगको समन्वयमा घरैमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालेको नगर प्रमुख शाहीले बताउनु भयो ।
नगरपालिकाका ९ वटै वडामा पुगेर सामाजिक सुरक्षाभत्ता वितरण गरिने नगरपालिकाले जनाएको छ । घरमै सामाजिक सुरक्षा भत्ता पाउदा लाभग्राही खुशी देखिएका छन् ।
Explore the ranked best online casinos of 2025. Compare bonuses, game selections, and trustworthiness of top platforms for secure and rewarding gameplaycasino.
Explore the ranked best online casinos of 2025. Compare bonuses, game selections, and trustworthiness of top platforms for secure and rewarding gameplaycasino.