मिति:- ८ मंसिर २०८१, शनिबार | समय:-
कर्णाली प्रदेशताजाखबरमुख्य खबरसमाचारस्थानीय

पलाँतामा बोलेको दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुग्यो

कालीकोट–पलाँता गाउँपालिका ३ को काब्रेखोलामा आइतबार भएको बोलेरो गाडी दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुगेको छ । उपचारको क्रममा सल्यान जिल्ला सारदा नगरपालिका १४ बर्ष ५१ का बोलेको चालक धनीराम रावतको मृत्यु भएपछि मृतकको संख्या ७ पुगेको हो । पलाँता ६ का दसकला शाही, पदम बम, भगवती रोकाया, गणेश शाही, पलाँता ५ का छाँया शाही र पलाँता ३ का ६ बर्षिया बालक दमन रोकायाको भने घटना स्थलमै मृत्यु भएको कालीकोटका डिएसपी टेकबहादुर रावतले बताउनु भयो ।

बोलेरो सडकबाट करिव ५ सय मिटर तलभिरमा खसेको थियो । दुर्घटनामा घाइते भएका १३ जना मध्य १२ जनाको कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचार भइरहेको कालीकोटका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईले बताउनु भयो । पलाँता गाउँपालिका ५ खिन देखि पलाँता ९ थिर्पु तर्फ जाँदै गएको क १ ज ५६ नम्बरको बोलेरो जीप पलाँता ३ को राडु भन्ने ठाउँमा आइतबार दुर्घटना भएको हो ।

न्युज रेडपाण्डा

सूचना संचार र प्रविधिका क्षेत्रमा आमनागरिकको पहुँच अभिबृद्धी गर्ने उदेश्यले कर्णाली हिमाल खबर प्रा.लि. द्धारा संचालनमा ल्याइएको न्युज रेडपाण्डा एक अनलाइन समाचार पोटल हो ।

Related Articles

Back to top button

Adblock Detected

Please, off your Ad Blocker